ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार दोस्रो जितसँगै नेपाल फाइनल नजिक


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : १७   बजे

काठमाडौै, ६ साउन । चार देश सम्मिलित टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकालेको छ।

बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो।

नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्र बनाउन सक्यो।

कुवेतलाई कम स्कोरमा रोक्न इन्दु बर्मा एक्लैले ३ विकेट लिईन्। इन्दुले ४ ओभरमा १५ रन खर्चिईन्।

खुसी डंगोलले दुई विकेट झारिन्। राष्ट्रिय टोलीमा डेब्यु गरेकी लेग स्पिनर खुसीले डेब्यु खेलमा नै विकेट लिएकी हुन्।

कविता कुँवर, सीता रानामगर र इश्वरी विष्टले एक एक विकेट आफ्नो नाममा गरे।

जिफा जिलानीले ११ र खादिजा खलीले बनाएको १० रन नै कुवेतका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघिबायोमास ओभलमा कुुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको सामान्य योगफल तयार पारेको थियो।

कुवेतका बलरसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका लागि इन्दु वर्माले बनाएको २३ रन नै सर्वाधिक रह्यो। इन्दुले १९ बलमा २ चौका मद्धतमा २३ रन बनाउँदा क्याच आउट हुन पुगिन्।

बिन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कुवेतका लागि मरियम हैदर एक्लैले चार विकेट लिईन्। मरियम उमरले दुई तथा प्रियदा मुरली र खासदजा खलीलले समान एक विकेट आफ्नो नाममा गरे।

लगातार दोस्रो जितसँगै नेपाल ४ अंकमा अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो।

एक खेलमा जित र एक खेलमा हार भोगेको हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। लगातार दोस्रो हार व्यहोरेको कुवेत अंकविहीन रुपमा तालिकाको पुछारमा छ।

नेपालले सिरिजको आफ्नो अन्तिम खेल शुक्रबार घरेलु टोली मलेसियासँग खेल्नेछ।

समूहको शीर्ष दुईमा रहने टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका २ टोलीले भने तेस्रो र चौथो स्थानका लागि स्पर्धा गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu