ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्पेनका प्रधानमन्त्रीले भने- खेलाडीलाई चुम्बन गर्नु अस्वीकार्य


एबीसी न्यूज
६ भदौ २०८०, बुधबार   ३ : ५२   बजे

काठमाडौं, ६ साउन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले लुइस रुबियालेसले जेनी हर्मोसोलाई ओठमा चुम्बन गर्नु अस्वीकार्य भएको बताएका छन्।

आइतबार फिफा महिला विश्वकपको फाइनलमा इंल्याण्डलाई १–० ले हराउँदै स्पेनले विश्वकपको उपाधि जितेपछि स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोलाई ओठमा चुम्बन गरेका थिए।

अध्यक्ष रुबियालेसले सोमबार यसका लागि माफि माग्दै आफू पूर्ण रुपमा गलत भएको समेत बताइसकेका छन्।

तर स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले भने, ‘हामीले जे देख्यौँ त्यो अस्विकार्य इशारा थियो। रुबियाल्सको माफि पर्याप्त छैन। हामी सबैले देखेको कुराहरु स्पष्ट पार्न उनले कदम चाल्नुपर्छ।’

उनले अगाडि भने, ‘खेलाडीहरुले जित्नका लागि सबै गरे तर रुबियालेसको व्यवहारले समानताको लागि अझै लामो यात्रा गर्न बाँकी छ।’

स्पेनकी दोस्रो उपप्रधानमन्त्री योलान्डा डियाजले रुबियालेसको राजीनामा मागेकी छन्।

उनले भनिन्, ‘तिनीहरुको बहाना बेकार छन्, उनीहरुले हामीलाई देखाउँछन् की हाम्रो देशमा अझै गर्न बाँकी छ। पुरुष र महिला समान बन्नका लागि अझै धेरै गर्न बाँकी छ।’

स्पेनिस फुटबल महासंघले अत्यावश्यक रुपमा भन्दै साधारण सभा बोलाएको छ। फाइनलपछि हर्मोसोले इन्स्टाग्राममा रुबियालेसको कार्य मन नपरेको बताएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group