ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेसीकै दिन आइतबार सन्दीप लामिछाने पाकिस्तान जाने


एबीसी न्यूज
७ भदौ २०८०, बिहिबार   १२ : १९   बजे

काठमाडौं, ७ साउन । क्रिकेटर सन्दीप लामिछाने आइतबार पाकिस्तान जाने भएका छन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार पाकिस्तान पठाउने तयारी भएको हो।

सन्दीपका कानुन व्यवसायीले आइतबार मुद्दा सुनुवाइ हुने सम्भावना कम भएकाले सन्दीपलाई आइतबार बेलुका पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ ९क्यान० लाई जानकारी गराइसकेका छन्।

आइतबार मुद्दाको पेसी तोकिएको छ। तर आठौं नम्बरमा भएकाले सुनुवाइको पालो आउने सम्भावना कम छ। सुनुवाइ भए पनि त्यसै दिन बहस सकिँदैन। यसअघि पनि न्यायाधीशले एकै दिनमा सुनुवाइ नसकिने भएकाले हेर्दाहेर्दैमा नराखी हेर्न नभ्याइने जनाएका थिए।

यसपटक पनि त्यस्तै हुने सम्भावना देखिएकाले सन्दीपलाई पाकिस्तान पठाउने तयारी गरिएको हो। यसअघि जिल्ला अदालतमा पेसी तोकिए पनि न्यायाधीशले सन्दीपविरुद्ध बलात्कारको आरोप लगाउने किशोरीकी आमाको उमेर विवादित देखिएकाले एकिन गर्न आदेश दिएका थिए।

पर्साको नारायणी अस्पतालले किशोरी र उनकी आमाको जन्ममिति प्रमाणित गरेर पठाइसकेको छ। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्। सन्दीप भने मुद्दाको सुनुवाइको पेसी रहेकैले टोलीसँग पाकिस्तान गएका थिएनन्।

तर आइतबार पनि सुनुवाइ नभए एसियाकप पछि मात्रै पेसी तोक्न सन्दीप पक्षले निवेदन दिने छ। यसअघि विश्वकप छनोटका क्रममा पनि सन्दीप जिम्बावे जाँदा सुनुवाइ पछि धकेलिएको थियो। सन्दीप टोलीभन्दा पछि त्यहाँ पुगेका थिए।

एसियाकपको उद्घाटन खेल भदौ १३ गते पाकिस्तान र नेपालबीच मुल्तान क्रिकेट स्टेडियममा हुनेछ। त्यसपछि भारतविरुद्ध खेल्न नेपाल श्रीलंका प्रस्थान गर्नेछ। भारत र नेपालबीचको खेल भदौ १८ गते हुनेछ।

समूहका तीन टोलीमध्ये दुई टोली अन्तिम चारमा प्रवेश गर्नेछन्। तर एसियाकप खेल्नुअघि नै नेपालले पाकिस्तानमा स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu