पोखरा, २४ माघ । प्रदेश नम्बर ४ मतगणना क्षेत्रीय निर्बाचन कार्यालय पोखराको सभाहलमा सुरु भएको छ । मुख्य निर्बाचन अधिकृत दिपेन्द्र अधिकारीले दलित कोटाको लागि खसेको मतबाट मतगणना सुरु गरेका हुन् ।
कुल २३० जना मतदाता रहेको प्रदेश नम्बर ४ मा २२९ मत खसेको अधिकारीले जानकारी दिए । उनका अनुसार राजिब गुरुङ ९ दिपक मनाङ्गे मतदान गर्न अनुपस्थित रहेका छन भने अपाङ्ग तर्फ निर्बिरोध नेपाली काङ्ग्रेसका प्रकाश पन्थ बिजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका राम बहादुर थापाले अपाङ्गताको आवश्यक कागजात पेश गर्न नसकेपछी प्रकाश पन्थ निर्बिरोध बिजयी भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्