ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सन्दीपको मुद्दामा भएन सुनवाइ, एसिया कप खेल्न भोलि पाकिस्तान जाने


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   ४ : ५३   बजे

काठमाडौं, १० भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको आजका लागि तोकिएको पेसी पनि हेर्न नभ्याइनेमा राखिएको छ।

अन्तिम सुनुवाइका लागि न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा तोकिएको पेसी ५ औं नम्बरमा थियो।

आजका लागि तोकिएको सुनुवाइ स्थगित भएसँगै सन्दीप भोलि सोमबार पाकिस्तान जाने उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए।

एसिया कप खेल्न उनी पाकिस्तान जान लागेका हुन्।

सन्दीपका कानुन व्यवसायीले यसअघि नै सन्दीपलाई पाकिस्तान पठाउने तयारी गर्न नेपाल क्रिकेट संघ ९क्यान० लाई जानकारी गराइसकेको थियो।

यसअघि साउन ३२ गते न्यायाधीश राजकुमार खतिवडाको इजलासले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो।

अदालतमा पेस गरिएको आमाको उमेर विवादित देखिएपछि अदालतले थप प्रमाण बुझ्न भनेको थियो।

उनको उमेर प्रमाणित हुने कागजात अदालतमा पेस भइसकेको छ। अन्तिम सुनुवाइका लागि मुद्दा पटकपटक पेसी चढाइएको छ। तर फैसलाका लागि बहस हुन सकेको छैन। जिल्ला अदालतमा यो मुद्दा २६औं पटक पेसीमा चढेको हो।

सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन्। प्रहरीले सन्दीपलाई पक्राउ गरेर अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिल कार्यालयले २०७९ कात्तिक १४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

थुनछेक बहसपछि जिल्ला अदलातले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा निवेदन दिए। उच्च अदालतले सन्दीपलाई धरौटीमा रिहा गर्ने आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो। तर सर्वोच्च अदालतले उच्चको अरु आदेश सदर गर्दै विदेश जान लगाइएको प्रतिबन्ध हटाएको थियो।

बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए।

सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धारमा ढिलाइको मूल्य : बाजुरा जिप दुर्घटनामा दुई जनाको मृत्यु

विश्वकप क्रिकेट लिग–२ शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

सम्बन्धित

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu