काठमाडौ भदौ ११ भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो०ले मङ्गल र शुक्रग्रहमा पनि पुग्नसक्ने सामर्थ्य रहेको जनाएको छ ।इसरोका अध्यक्ष एस सोमनाथले चन्द्रमा मात्रै नभएर मङ्गल र शुक्रग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका हुनतिरुवनन्तपुरममा भएको कार्यक्रममा उनले भारतले जुनसुकै ग्रहमा पुग्नसक्ने सामर्थ्य राख्ने दाबी गरे ।उनले इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको पनि बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।स
रकार र सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको तर यसका लागि थप लगानीको खाँचो रहेको उनको भनाइ छ ।इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद नै सफलतापूर्वक सम्पन्न गरेको पनि जनाएको छ ।यसअघि अस्ति शनिवार प्रधानमन्त्री नरेन्द्र मोदी इसरो मुख्यालय पुग्नुभएको थियो
उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा समेत गरेका छन । गएको बुधवार भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो ।चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बन्दै इतिहास रचेको छ ।
प्रतिक्रिया दिनुहोस्