ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लास्टिक भनेर दुई ट्रक काजु भन्सारबाट पास गराउने कार्यालय प्रमुख निगरानीमा


एबीसी न्यूज
१२ भदौ २०८०, मंगलबार   ९ : ३५   बजे

काठमाडौँ १२ भदौ । भैरहवा भन्सारबाट प्लास्टिक भनेर काजु पास गराइएपछि कार्यालय प्रमुख निगरानीमा परेका छन्। भैरहवा भन्सारबाट दुई ट्रक काजु प्लास्टिक भन्दै पास भएको थियो। त्यसपछि भन्सार कार्यालय प्रमुख मणिराम पौडेल निगरानीमा परेका हुन्।

यसअघि नै पास भएको वस्तुहरुको विषयमा समेत छानबिन गर्न अर्थ मन्त्रालयले उनलाई निगरानीमा राखेकोे हो। पौडेल जनार्दन शर्मा अर्थमन्त्री रहँदा उक्त भन्सार प्रमुखको जिम्मेवारीमा गएका थिए।

गत शुक्रबार भन्सार विभागले लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक प्लास्टिक आयत भएको भनेर भन्सार पास गरायो। तर, त्यसमा प्लास्टिक थिएन। जसको सूचना मन्त्रालयसम्म आइपुग्यो।

भन्सारमा आएको सामान चेकजाँच गरी प्रक्रिया अनुसार पास भएको थियो। भन्सारको कर्मचारीबाट नै त्यो सामान प्लास्टिक नै हो भन्ने यकिन गरिएको थियो। अर्थात् जाँचपास भैसकेको थियो।

तर प्लास्टिक नभएको सूचना अर्थ मन्त्रालयमा नै आइपुग्यो। त्यसपछि मन्त्रालयले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्लास्टिक भनेर काजु किन भन्सार पास गराएको भनेर सोधेको थियो।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार त्यसपछि तत्काल रेकी गर्न भन्सार विभागका महानिर्देशकले भन्सार कार्यालयलाई निर्देशन दिए। लगत्तै ट्रक नियन्त्रणमा लिइएको थियो। ट्रकमा केही कपडा र काजु भेटिएको भन्सार विभागले जनाएको छ। विभागका निर्देशक पुण्यविक्रम खड्काका अनुसार त्यो ट्रक भन्सार कार्यालयले नै समातेको हो।

उनी भन्छन्, ‘त्यसमा अब भनेको कानुनी कारबाही हुने छ।’ तर अहिले ट्रक कस्तो अवस्थामा छ भन्ने जानकारी आफूलाई नभएको उनले बताए। ट्रकचालक र सहचालक भने भागिसकेका छन्। त्यो सामान कस्तो हो र किन यसरी आयो भन्नेबारे अनुसन्धान भैरहेको भन्सार विभागले जनाएको छ।

मन्त्रालयले मिलेमतोको आशंका गर्दै कार्यालय र भन्सार प्रमुखमाथि निगरानी सुरु गरेको हो। भन्सारबाट वस्तु पास हुँदा न्यून बिजकीकरण र अधिक बिजकीकरण हुने गरेका छन्। जसमा भन्सार कार्यालयको पनि मिलेमतो हुने गर्दछ। तर बिलअनुसार कर तिरकोले कारबाहीमा अफ्ठेरो परेको भन्दै भन्सार प्रमुखहरु उम्किने गर्छन्।

तर पछिल्लो समय एउटा भनेर अर्को सामान ल्याउने, मिसावटको सामान ल्याउने गरेको घटनाहरु धेरै भेटिएका छन्। त्यसमा भन्सार कर्मचारीहरुको समेत मिलेमतो हुने गरेकोमा अर्थ मन्त्रालयले चासो दिएको हो।
त्यसैकारण भैरहवा भन्सार कार्यालका प्रमुख मणिराम पौडेललाई यसअघिका घटनाहरुमा समेत समेत निरानीमा राखिएको हो। ‘लु ५ ख ३३६ र यूपी ५३ ओटी ५७८ नम्बरको ट्रक जसले काजु भनेर जाँचपास गराए, तिनीहरुले यो भन्दाअघि ३ पटक सामान पास गरेको देखिएको छ। त्यसमा समेत मिलेमतो भएको हुनसक्ने आशंका छ,’ विभागका अर्का अधिकारीले भने, ‘सुन नेपाल छिराएको प्रकृतिमा नै मणिराम पौडेलले सामान छिराएको आशंका गरिएको छ।’

साउन २ मा विमानस्थल भन्सारबाट एक क्विन्टल तस्करीको सुन पास भयो। हङकङबाट ब्रेक सुमा राखेर ल्याइएको सुन एक्स रे मेसिनमा समेत देखिएको थियो। तर, कर्मचारीको मिलेमतोमा सुन छिराएको आशंकाका साथ अहिले अध्ययन भैरहेको छ।

गत साउन ४ गते भन्सार विभागले निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा गठन गरेको ६ सदस्यीय आन्तरिक छानबिन समितिले प्रतिवदेनको मस्यौदा तयार गरेको छ। त्यसले समेत मानवीय त्रुटि नै कारक भएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group