ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्साबाट विवाद बल्झाउने र चर्काउने अभियानमा चीनले भारतलेको अरुण्चालको दावी गर्दै नक्सा जारी


ABC NEWS
१३ भदौ २०८०, बुधबार   ७ : ३३   बजे

काठमाडौं १३ भदौ । पछिल्लो समय हरेक देशले आआफ्ना नक्सा सार्वजनिक गरेर नभएको विवाद बल्झाउने र भएको विवाद चर्काउने प्रतिस्पर्धा जस्तै देखिएको छ । हालै चीनले भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूभागमा समेटेर सोमबार नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको तनाव थप बढेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले भारतको अरुणाचल, अक्साई चीन तथा ताइवान र दक्षिण चीन सागरलाई आफ्नो क्षेत्रमा पारेर पुरानै नक्सा नयाँ रुपमा सार्वजनिक गरेको छ ।

चाइना डेलीका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्ट्यान्डर्ड नक्सा’ भनिएको छ । चीनको सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले नयाँ नक्सालाई सामाजिक सञ्जालमार्फत पहिलो पटक सार्वजनिक गरेको हो ।

चीनले गत अप्रिलमा अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गरेर चिनियाँ नाम घोषणा गरेको थियो । त्यसअघि पनि चीनले अरुणाचल प्रदेशका अन्य स्थानको नाम बदलेको थियो । चीन र भारतबीच अरुणाचल प्रदेशलाई लिएर विगत लामो समयदेखि विवाद रहँदै आएको छ ।

गत साता दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन वार्ता भएको थियो । उक्त वार्तापछि सीमामा दुई वर्षदेखि कायम तनाव कम हुने अपेक्षा गरिएकोमा त्यसविपरीत नयाँ नक्साले दुई देशबीचको तनावलाई थप बढाउन सक्ने देखिन्छ । तीन वर्ष अगाडि २०२० जुन १५ मा गलवान घाटीमा भारत र चीनका सैनिकहरू एकआपसमा भिड्न पुगेका थिए । त्यसले बढाएको तनाव अझै साम्य भइसकेको छैन । सैन्य तहमा १९ पटक भइसकेको वार्ताले लद्दाख क्षेत्रको सीमा विवाद समाधान गर्न नसकेको बेला भारतमा हुन लागेको जी–२० सम्मेलनको मुखमा नक्सा विवाद थपिएको छ ।

चीनले प्रकाशित गरेको नक्साको भारतले विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले कूटनीतिक च्यानलबाट त्यस विषयमा चीनसमक्ष कडा विरोध जनाइएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । ‘हामी यस्ता दाबीहरूलाई अस्वीकार गर्छौं, किनभने यसमा कुनै आधार छैन ।

चिनियाँ पक्षको यस्तो कदमले सीमा समस्या समाधानको सवाललाई जटिल मात्रै बनाउँछ,’ विज्ञप्तिमा भनिएको छ । चीनको दाबीलाई ‘बेतुक’ संज्ञा दिँदै भारतीय विदेशमन्त्री एस जयशंकरले यस्तो दाबी गर्दैमा भारतको भूभाग चीनको नहुने सञ्चारमाध्यमलाई बताएका छन् ।

केहीसमय अघि भारतले नयां संसद भवनमा ससंस्कृतिक नक्साका नाममा मुरल भन्दै नक्सा सर्वजनिक गरेपछि नेपाल लगायतका देशमा विवाद भएको छ ।सन् २०१९ मा भारतले नयां नक्सा सर्वजनिक गेपछि त्यसको जबाफमा नेपालको संसदल े पनि नयाँनक्सा जारी गरिसकेको छ । यी सवै नक्सा विवादित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

तेहरान जाँदै पाकिस्तानी सेना प्रमुख आसिम मुनिर, इरानसँग सुरक्षा र द्विपक्षीय सहकार्यमा केन्द्रित हुने

भारत भ्रमणमा हतार छैन : राष्ट्रिय हितअनुकूल सहमति भए मात्र दिल्ली जाने बंगलादेशका प्रधानमन्त्री रहमान

मनुस्मृतिबारे राहुलको अभिव्यक्तिले भारतमा राजनीतिक विवाद चर्कियो

आकाशमै वितण्डा : रक्सीको नशामा युवतीले विमानभित्र कपडा खोलेपछि हंगामा

क्यानडाको जवाफी ट्यारिफपछि ट्रम्प आक्रोशित, दुई देशबीच व्यापार तनाव चर्किँदै

ककरोच जनता पार्टीका संस्थापक दीपकेविरुद्ध जाहेरी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu