ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबर आजम भन्छन् : नेपाली टोलीलाई कमजोर ठानेका छैनौँ


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १२ : ५६   बजे

काठमाडौं, १३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ।

मुलतान क्रिकेट स्टेडियममा हुने खेल दिउँसो सबा ३ बजे सुरु हुनेछ।

नेपालले एसिया कपमा डेब्यु गर्दा पाकिस्तानले १५ वर्षपछि प्रतियोगिता आयोजनाको मौका पाएको हो।

एसिया कपमा प्रतिस्पर्धात्मक खेल खेल्ने रणनितिमा दुवै टोली छन्। नेपालसँगको खेल अघि टोलीका कप्तान बाबर आजमले नेपाली टोलीलाई कमजोर रुपमा नलिएको बताएका छन्।

‘क्रिकेटमा कुनै पनि टोलीलाई कमजोर रुपमा लिन हुँदैन। विपक्षी टोलीलाई कमजोर सोच्न हुँदैन। हामीले सबै टोलीलाई हेरेका छौँ, विपक्षी टोलीको कमजोर र बलियो पक्षलाई हेरेका छौँ’, उनले भने, ‘पछिल्लो समय जुन लयमा छौँ, त्यसैलाई निरन्तरता दिने योजनामा छौँ।

एसिया कपको सबै खेल पाकिस्तानमा भएको भए राम्रो हुन्थ्यो। तर दुई देशमा खेल हुँदा हामीले फिजियोसँग छलफल गरेका छौँ। हाम्रो ट्राभल सेड्युल अनुसार तयारी गरिरहेका छौँ।’

प्रतियोगिता अनुसार पनि आफूलाई फिटनेसका लागि तयार पार्नुपर्ने उनले बताए। ‘खेलाडीलाई पनि त्यही अनुसारको च्यालेन्ज दिएका हुन्छौँ। अहिले सबै खेलाडी फिट छन्’, उनले भने, ‘अहिले नेपालसँगको खेलमा नै हामी ध्यान दिइरहेका छौँ। नेपालसँगको खेलपछि हामी भारतसँगको खेललाई ध्यान दिन्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

जोर्डनमा दुई अमेरिकी सैनिक मारिएपछि अमेरिकाद्वारा इरानमाथि जवाफी प्रहार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu