ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पावर प्लेमा नेपालको उत्कृष्ट सुरुआत


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   ४ : ३१   बजे

काठमाडौं, १३ भदौ । एसिया कप–२०२३ को उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो पावर प्लेमा उत्कृष्ट सुरुआत गरेको छ ।

टस हारेपछि फिल्डिङमा आएको नेपालले ब्याटिङमा रहेको घरेलु टिम पाकिस्तानविरुद्ध सुरुआती १० ओभरमा ४४ रन दिएर दुई विकेट लिएको छ । हाल पाकिस्तानबाट क्रिजमा रहेको कप्तान बाबर आजम १२ रनमा र मोहम्मद रिजवान सात रनमा खेलिरहेका छन् ।

नेपालले छैटौँ ओभरमा करण केसीबाट पहिलो सफलता पाएको थियो । करणले ५।३ ओभरमा फखर जमानलाई आउट गरेका थिए । यस्तै, नेपालले सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको थियो । सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो ।

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मेस्सीको कथा: एक आप्रवासी जो अर्जेन्टिनाको मुटु र विश्व फुटबलको पहिचान बने

विश्वकपमा गोल वर्षा : फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्डले जित्यो कांस्य पदक, साकाको ह्याट्रिक र एमबाप्पेको कीर्तिमान एउटै खेलमा

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu