काठमाडौं, १३ भदौ । एसिया कप–२०२३ मा पाकिस्तानविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ । मुल्तान क्रिकेट रंगशालामा जारी खेलको २४औँ ओभरमा नेपालले पाकिस्तानका मोहम्मद रिजवानलाई तेस्रो विकेटको रूपमा पभेलियनतर्फ पठाएको हो ।
सन्दीपले गरेको २४औँ ओभरको चौथो बलमा रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । रिजवान ४३ रन बनाएर आउट भए ।
हाल २४ ओभरको खेल सकिँदा पाकिस्तानले तीन विकेट गुमाएर ११२ रन बनाएको छ । पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ४४ र आघा सल्मान शून्यमा खेलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्