काठमाडौ भदौ १४ । अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो ।ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् ।
समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ ।तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् । आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ । आजदेखि इडालिया आँधीको गति केही मत्थर हुँदै जाने मौसमविद्को अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्