ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहराइनविरुद्ध जितका लागि नेपाललाई ३२ रनको झिनो लक्ष्य


एबीसी न्यूज
१५ भदौ २०८०, शुक्रबार   १२ : ५९   बजे

काठमाडौं, १५ भदौ । इन्दु बर्माको घातक बलिङमा आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपालसामु जितका लागि
३२ रनको झिनो लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५।४ ओभरमा ३१ रनमा अलआउट भयो।

कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दीपिका इन्दु बर्माको बलमा बोल्ड आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर एच जी थरंगा ४ रनमा कविता कुँवरको बलमा बोल्ड आउट भइन्। रसिका रत्नमाली र प्रज्ञा जगदिशा गोल्डेन डगआउट भए। अविरा वारिस शून्य र इशारा मधुवन्थी ५ रनमा रनआउट भए। पवित्र सेट्टी १ रनमा क्याच आउट भइन्।

बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तीन विकेट झारिन्। घातक बलिङ गरेकी इन्दुले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिँदा २ ओभर मेडन राखिन्। खुसी डंगोलले दुई विकेट लिइन्।

कविता कुँवर, पूजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट आफ्नो नाममा गरे।

नेपालले पहिलो खेलमा बिहीबा मलेसियालाई ५ रनले हराएको थियो। समूह ‘ए’मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।

समूह ‘बी’मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

एसिया कप र यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu