ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको चीन भ्रमणअघि भारतले गर्‍यो महत्त्वपूर्ण निर्णय


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १ : ०९   बजे

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको सम्मुखमा भारतले नेपालको हितमा महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद्को बैठकबाट आउँदो १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

योसँगै नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया खुला भएको छ । “आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्न भारतको मन्त्रिपरिषद्को स्वीकृतिले नेपालमा विद्युत् विकासको नयाँ मार्गचित्र निर्माण गर्ने बाटो खुलेको छ,” भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले भने ।

प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो ।

नेपाल र भारतको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै उक्त सहमति भएको घोषणा गरेका थिए । त्यसको तीन महिनापछि भारतको मन्त्रिपरिषद्को बैठकबाट सहमतिलाई स्वीकृति प्रदान गरिएको हो ।

“यसले नेपालको आर्थिक विकास र पुनर्संरचनामा महत्त्वपूर्ण भूमिका खेल्छ,” राजदूत शर्माले भने ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा रहेका बेला भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव स्वीकृति गरेको हो । आउँदो असोज ६ गतेदेखि उनले चीनको औपचारिक भ्रमण गर्नेछन् । भ्रमणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । उनी सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

त्यसपछि बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणमा केही महत्त्वपूर्ण जलविद्युत् र विद्युत् प्रसारणलाइनसम्बन्धी एजेन्डा समावेश गरिने बताइसकेका छन् ।

“विशेष गरेर चीनको सीमाक्षेत्रमा भएका, किमाथांकातिर भएका केही हाइड्रो प्रोजेक्टहरूमा चिनियाँ लगानी आकर्षित गर्ने हामी सोचिरहेका छौँ । केही ट्रान्समिसन लाइनहरू विकास गर्ने कुरामा पनि छलफल भइरहेको छ,” परराष्ट्रमन्त्री साउदले सोमबार एक कार्यक्रममा भनेका थिए ।

चीनको सहयोगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद नगर्ने भारतले यसअघि नै स्पष्ट पारिसकेको छ । भारतीय सहयोग एवं भारतीय कम्पनी र नेपालको लगानीमा निर्मित आयोजनाबाट उत्पादित विद्युत् मात्र खरिद गर्ने भारतको रणनीति छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group