ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भोटको बदलामा जातीय राज्य दिन्छु भन्न मिल्दैन : शेखर कोइराला


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   २ : ४६   बजे

काठमाडौं, १९ भदौ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्रीले बोल्न नहुने उनको भनाइ छ । उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने समेत बताए ।

पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामती कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताए ।

“देश अराजकतातिर बढ्न गएको भन्ने खबर २र३ दिन पहिले कहिले हो, काठमाडौंका मेयरले जुन बोल्नुभयो, एउटा देशको सबैभन्दा ठूलो महानगरको मेयरले, त्यो अराजक किसिमले बोल्नु हुँदैन,” उनले भने, “देशको प्रधानमन्त्रीले अराजक किसिमले हामीलाई भोट देउ, हामी जातीय पहिचानको राज्य बनाइदिन्छौँ भनेर भन्न मिल्दैन । यसरी देश चल्दैन । यो कुराहरुलाई गम्भीर रुपले पार्टीले पनि लिनुपर्छ, कर्मचारीहरुले पनि लिनुपर्छ ।”

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टीनिकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिए । उनले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu