ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुच्चे नक्साबारे चीनसहित अन्तर्राष्ट्रिय समुदायलाई पत्राचार गरेको प्रमाण भेटिएन : परराष्ट्रमन्त्री


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ३ : ०२   बजे

काठमाडौं, २१ भदौ । परराष्ट्रमन्त्री एनपी साउदले तीन वर्षअघि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर संसदबाट पारित भएको नेपालको नयाँ चुच्चे नक्साबारे चीनलाई पत्राचार गरिएको प्रमाण फेला नपरेको बताएका छन्।

संघीय संसदअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबार बसेको बैठकमा सहभागी मन्त्री साउदले सन् २०२० जुनमा संसद्‍बाट जारी भएर कार्यान्वयन आएको चुच्चे नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिएको रेकर्ड नपाइएको बताएका हुन्।

चीनले हालै जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा किन नसमेटिएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै साउदले भने, ‘माननीयज्यूहरुलाई यतिमात्रै आग्रह गर्न चाहन्छु– म मन्त्री भइसकेपछि मैले मेरो मन्त्रालयको दक्षिण एसिया र उत्तरपूर्व एसिया महाशाखामा त्यस्तो करेस्पोन्डेन्स खोज्दा नभेटिएको कुरा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु।’

उनले त्यस्तो पत्र अन्तर्राष्ट्रिय समुदायमा नपुगेको दाबी गरे। ‘त्यस्तो करेस्पोन्डेन्स नपाएको कुरामात्रै भन्न सक्छु, कसैले गएको कुरा फेरि जानकारीमा आउन सक्छ,’ साउदले थपे, ‘ल्याउन सकिन्छ भने मलाई सबैभन्दा खुशी हुनेछ। यो आग्रह पनि म गर्न चाहन्छु।
यसबारे म यतिमात्र बोल्न चाहन्छु।’

२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेको थियो।

तर, त्यसबारे कुटनीतिक नियोगहरुलाई पत्राचार गर्नुपर्ने भए पनि तत्कालीन सरकारले नपठाएको साउदले बताएका छन्।

भारतले मिचेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर राजनीतिक र प्रशासनिक नयाँ नक्सा जारी गरेपछि सबैतिर पत्राचार गरेको त्यसबेलाका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group