ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीमा म केही लिन होइन योगदान गर्न आएको हुँ : उपाध्यक्ष डा. लामा


ABC NEWS
२१ भदौ २०८०, बिहिबार   ६ : ०१   बजे

लुम्बिनी २१ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन्। उनले लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै स्थानीय, बुद्धिजिवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरे।

लुम्बिनीमा रूपन्देही, कपिलवस्तु र नवलपरासीका पत्रकारहरूसँग बिहीबार परिचयात्मक तथा भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन्। ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, ईतिहास बनाउन सँकु भनेर आएको छु’ उपाध्यक्ष डा। लामाले भने –‘मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको छु।’

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए। उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए। मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरूसँग उपाध्यक्ष डा। लामाले आग्रह गरे। ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने।

उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए। संविधानसभा सदस्य, पूर्व अर्थराज्यमन्त्री समेत रहेका लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्चिने बताए। उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए।

विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनहरूलाई अनुलुकुल वातावरण बनाउने बताए। उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलम ९पूजा० जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आर्कषित गर्ने योजना रहेको सुनाए। ‘यो वर्ष मोलुम ९पूजा० का कार्यक्रमहरू तय भइसकेको छ’ उपाध्यक्ष लामाले भने।

उनले रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ति बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने बताए। धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएको समेत उनले बताए। उनले धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिने विश्वास गरे।

उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए। उनले बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्नेसमेत बताए। ‘अब ६र७ अर्बको रकम जुटाएर गुरूयोजना सकाउनु छ, अहिले देशको बजेटमा नि समस्या छ’ उपाध्यक्ष लामाले भने –‘म बुद्ध धर्मको विश्व समुदायसँगै जोडिएको छु केही समयमा त्यो फोरममा म जानेछु र स्रोत जुटाउने कोसिस गर्ने छु।’

उपाध्यक्ष लामाले कोषलाई सबै पक्षमा पारदर्शिता बनाउने प्रमुख उद्देश्य रहेको बताउँदै त्यसमा साथ दिन पत्रकारलाई अनुरोध गरे। लुम्बिनीको जमिन, स्रोत, कर्मचारी, स्थानीय सहयोग सबै पारदर्शी बनाउने भन्दै उनले आफू कमाउन नभई लुम्बिनी बनाउन आएकाले सबैको साथ र सहयोग चाहिएको बताए।

उपाध्यक्ष लामाले गुरुयोजनामा केही परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताउँदै त्यसका लागि युनेस्को, विभागीय मन्त्रालय र सरोकारवाला निकायसँग परामर्शमा गरिने बताए। ‘४५ वर्षअघि केन्जो टाँगेले बनाएको योजना हो, अहिले धेरै अवस्था फेरिएको छ, त्यसका कारण पनि परिमार्जन जरुरी छ’, उनले भने।

उनले बुद्धजन्मस्थल लुम्बिनी वरिपरिका स्थानीयहरूलाई अपनत्व बनाउने गरी काम गर्ने समेत बताए। उनले यसका लागि प्रत्येक महिना स्थानीय समुदाय, संघसंस्था, पत्रकारहरूको संस्थासमेतको उपस्थितीमा छलफल गर्ने बताए। उनले लुम्बिनी विकास कोषले रामग्राम, तिलौराकोट र देवदहलाई बढि केन्द्रीत गरी योजना बनाएर काम गर्ने समेत बताए।

उनले जिम्मेवारी समाल्ने वितिकै रामग्राम र त्यसपछि तिलौराकोट पुगेको बताउँदै बुद्धजन्मस्थल मात्रै केन्द्रीत नहुने बताए। उनले बोर्ड सदस्यहरूलाई पनि जिम्मेवारी प्रदान गरेर सामूहिक रुपमा अघि बढ्ने योजना रहेको बताए। पदाधिकारी र कर्मचारीविच नै बेमेल रहेको भन्दै पत्रकारहरूको जिज्ञासामा सकभर मिलाएर लैजाने कोसिस रहेको बताए। ‘नमिल्नुपर्ने कुनै कारण छैन, ऐनले जिम्मेवारी स्पष्ट तोकेको छ, त्यही अनुसार अगाडि बढ्ने हो’ उपाध्यक्ष लामाले भने।

उनले सबैको साझा सहयोगले मायादेवि मन्दिर, बुद्व सर्किट बनाउने गरि अगाडि बढने बताए। उनले कर्मचारीहरूले लुम्बिनी बनाउनका लागि धेरै काम गरेको बताउँदै केही कमजोरीलाई सुधार गर्दै जाने बताए।

उनले कार्यालयमा कुर्चि खाली नराख्न निर्देशन दिईसकेको समेत बताए। उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले नवनियुक्त उपाध्यक्षलाई लुम्बिनी बनाउने सन्दर्भमा सिंगो टिमको साथ सहयोग रहने बताए। उनले लुम्बिनी विकास कोषले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम दुई जना उपाध्यक्षको भिजन अनुसार आएको बताए।

सदस्य सचिव शाक्यले प्राचिन शाक्य गणराज्य कपिलबस्तुको तिलौराकोट दरवारलाई विश्व सम्पदा सूचीमा सूचीकरणको तयारी भइरहेको समेत बताए। उक्त अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, नवलपरासीका अध्यक्ष हरि शर्मा, कपिलबस्तुका अध्यक्ष किरणमान ब्रज्रचार्य सहित पत्रकारहरूले लुम्बिनीका बिषयमा प्रश्न र सुझाव राखेका थिए।

पत्रकार सम्मेलनमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य नेत्रबहादुर शाही, विश्वराज पौडेल, परिषद सदस्य गोपिकृष्ण शर्मा, श्रीराम यादव, सूचना तथा जनसम्पर्क अधिकृत डा। हरिध्वज राई लगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group