ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ९ : ४५   बजे

काठमाडौ २२ भदौ । आउँदो २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभएको हो । उहाँले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताउनुभयो ।विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो । यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ । १० हजार जना किशोरीलाई दिन पुग्ने भए पनि प्राविधिक कारणले केही खोप खेर जान सक्छ ।परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले अहिले पहिलो मात्रा र छ महिनापछि दोस्रो मात्रा खोप दिइने बताए ।

यसअघि १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दिइने भनिए पनि खोप पर्याप्त नभएकाले अहिले १४ पूरा भइ १५ वर्ष ननाघेकालाई दिन लागिएको महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। पर्याप्त मात्रामा खोप आएपछि १० देखि १४ वर्षका सबै किशोरीलाई खोप दिइने उहाँले बताउनुभयो । उनका अनुसार थप खोप आउन समय लाग्ने भएकाले अहिले १४ वर्ष पुगेका किशोरीहरु छुट्ने जोखिम रहेकाले पहिलो प्राथमिकतामा अहिले उनीहरुलाई दिइएको हो ।

यो खोप कोशी प्रदेशको कोशी अस्पतालमा २८ देखि ३० गतेसम्म, मधेस प्रदेशको नारायणी अस्पतालमा २९ देखि ३१ गतेसम्म, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा र कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा २७ देखि ३० गतेसम्म खोप लगाइने छ । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा २७ गतेदेखि २९ गतेसम्म खोप लगाइने छ ।यो खोपले पाठेघरको मुखको क्यान्सर लाग्नबाट बचाउने गर्दछ ।यसअघि सरकारले सन् २०१६र१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

यो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपीभी खोप दिइएको थियो ।महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले डब्ल्यूएचओले अरु खोपलाई जस्तै मान्यता दिएकाले सबैले ढुक्क भएर लगाउन आग्रह गरे। एचपीभी खोपको प्रभावकारिता ९५ प्रतिशतदेखि ९९ प्रतिशत रहेको उनले बताए। ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा हुने मुसाबाट खोपले बचाउँछ ।यस्तै, एचपीभी सङ्क्रमण भएपछि अहिलेसम्ममा ठोस उपचार पद्धति नभएको हुँदा समयमै एचपीभी खोप लगाएमा सङ्क्रमण हुने सम्भावना समेत कम हुने डा। गौतमले जानकारी दिए । नेपालका महिलालाई पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी लाग्ने गर्दछ ।

विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ ।सरकारी तथ्याङ्कानुसार सन् २०२० को प्रतिवेदन अनुसार दुई हजार दुई सय ४४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ जना अर्थात् ६६ दशमलव पाँच प्रतिशतको ज्यान गएको थियो । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्ष उमेर समूहका महिलामा धेरै हुने गरेको छ ।‘ह्युमन प्यापिलोमा भाइरस’का कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । त्यही भाइरसविरुद्ध एचपीभी खोप दिन लागिएको हो । एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप लगाउन नहुने खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। एचपीभी खोपलाई पनि सरकारले नियमित खोपमा समावेश गर्ने तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group