ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरीले प्रदेश सांसदलाई दुर्व्यवहार गरेको भन्दै ताप्लेजुङमा कांग्रेस कार्यकर्ताको प्रदर्शन


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   १ : २९   बजे

काठमाडौ २२ भदौ । कोशी प्रदेश सभा सदस्य खगेन सिंङ हाङगामलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूले ताप्लेजुङको फुङलिङ बजारमा प्रदर्शन गरेका छन्।शुक्रबार बेलुकी करिब ११स्१५ बजे डेरामै आएर प्रहरीले आफूलाई दुर्व्यवहार गरेको प्रदेश सभा सदस्य हाङगामले सेतोपाटीलाई बताए।

प्रहरी निरीक्षक सुजन मुदेल नेतृत्वमा आएको प्रहरी टोलीले लाठी प्रहारसहित ढुंगामुढा गरेको, २ जना हवल्दारले ज्यान लिने धम्की दिएको र बर्दीबिना आएकाअसई सागर रोका क्षेत्रीले पोस्तोल लोड गरी ताकेको उनको आरोप छ।यस्तो घटनाले सिंगो ताप्लेजुङ नै अशान्ति र मुडभेडतर्फ धकेलिएको महशुस भएको छ,’ उनले भने, ‘यस विषयमा प्रहरी प्रशासनले उचित निकास निकाल्नुपर्छ, गल्ती गर्ने प्रहरीलाई कारबाही गर्नुपर्छ।

होइन भने हामी चरणबद्ध आन्दोलन गर्छौं।’ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामामाथि प्रहरीले कुटपिट गरेको भन्दै प्रदेश सभा सदस्यले घटनाबारे प्रहरी प्रशासनसँग चासो राखेका थिए।ललितपुरबाट आएका हाम्रा पाहुनालाई प्रहरीले कुटपिट गरेछ। यो कुरा मलाई थाहा भएपछि मैले प्रहरी प्रशासनसँग बुझ्ने काम गरेको थिएँ,’ उनले भने, ‘त्यसपछि शुक्रबार बेलुकी मेरो डेरामै आएर प्रहरीहरूले अपशब्द बोले, ममाथि दुर्व्यवहार गरे, लाठी हाने।’

प्रदेश सभा सदस्यलाई दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताहरूले बिहानैदेखि ताप्लेजुङ सदरमुकाममा प्रदर्शन गरिरहेका छन्।केहीबेर यातायात बन्द भएको थियो तर जनतालाई असुविधा हुने भएकोले अहिले यातायात खुलिसकेको छ,’ उनले भने।ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गले समस्या समाधान गर्न छलफल सुरू गरिएको जानकारी दिइन्। ‘प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र मेयरलगायत सँग छलफल गर्दैछौं,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

सम्बन्धित

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu