ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्चको पत्र विराटनगर पुग्यो, हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ लिँदै


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   २ : ४०   बजे

काठमाडौं, २२ भदौं । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको शपथ शुक्रबार नै लिने भएका छन्।

सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार गरेको फैसलाको पत्र बिराटनगर पुगिसकेकाले उनले आजै साँझ ६ बजे मुख्यमन्त्रीको शपथ लिन लागेका हुन्।

सर्वोच्च अदातलले संविधानको धारा १६८ को उपाधरा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सर्वोच्च अदालतको पत्र बिहीबार दिउँसो मात्रै विराटनगर पुगेकाले शपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थयो।

त्यसपछि अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रुपमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

लालबकैया नदीमा बाढी, बेलुकासम्म सतर्कता अपनाउन आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu