ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राजदूत नेपालीलाई अर्को छिमेकी भारतसँग कसरी चल्ने भनेर अर्तीबुद्धि दिँदै (भिडियो)


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   ५ : ३८   बजे

काठमाडौ, २४ भदौ काठमाडौंका शक्तिशालीहरुको कोठाचोटामा सधैंजसो सुन्न पाइन्थ्यो–भारत खुलेआम हस्तक्षेप गर्छ, चीनचाहिँ चुपचाप नरम कूटनीति गर्छ । पछिल्ला वर्षहरुमा ठिक यसको उल्टो परिदृश्य देखिन्छ । गएको शनिवारको घटना हे¥यौं भने पनि एकसरो झलक मिल्छ, जहाँनेर चिनियाँ राजदूत नेपालीलाई अर्को छिमेकी भारतसँग कसरी चल्ने भनेर अर्तीबुद्धि दिँदै थिए । चीनका राजदूत छेन सङले राजधानीमा आयोजित कार्यक्रममा नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताको प्रतिकूल हुने गरी लामै बोले ।

भारतसँग कस्तो व्यापार अपनाउने, कस्तो कुटनीति गर्ने भन्ने मामिला काठमाडौंको आन्तरिक हो भन्ने बिर्सेर राजदूत छेनले अनेकौ अनर्थ बोले । पछिल्ला वर्षमा यसरी आक्रामक र विवादास्पद अभिव्यक्ति दिने राजदूत छेन पहिलो चिनियाँ कूटनीतिज्ञ भने होइनन् । राजदूत छेनले आफ्नो कार्यकाल सम्हाल्न नेपालमा आएको आठ महिना पुगेको छ । यसअघि उनले पोखरा विमानस्थललाई चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको फ्ल्यागसिप आयोजना भएको दाबी गरेका थिए । छिमेकी मुलुक भारतसँग नयाँ हवाई रुटको अनुमति लिन मेहनत गरिरहेको नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिले अप्ठेरो सिर्जना गरिरहेको बुझाइ काठमाडौंमा छ । यो त्यसकारण पनि अर्थपूर्ण छ कि भारतले अहिलेसम्म बीआरआईलाई स्वीकार गरिसकेको छैन ।

यसै पनि चीनको लगानी रहेका कतिपय परियोजनाप्रति भारतको सकारात्मक दृष्टिकोण छैन । यस्तो अवस्थामा प्रतिस्पर्धी दुई छिमेकीको बीचमा रहेको मुलुकको संवेदनशीलता नबुझी एउटालाई असर पुग्ने गरी अर्को छिमेकी मुलुकको कूटनीतिज्ञले सम्बन्धित विषय नै तोकेर मुख खोल्दै हिँड्नु उचित हुदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको पूर्वाद्धधमा नेपालका लागि चिनियाँ राजदूतका पछिल्ला गतिविधिमाथि व्यापक प्रश्न उठेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट ५ असोजमा बेइजिङ जानेछन् । यद्यपि चीन भ्रमण मन्त्रिपरिषद्ले अनुमोदन गर्न बाँकी छ । प्रचण्ड बेइजिङ जानुअघि एउटा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण चिनियाँ राजदूत छेन सङ विवादमा परेका छन् ।

फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा चिनियाँ राजदूत छेनले भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेका थिए । अहिले जुन प्रकारको अभिव्यक्ति आइरहेको छ यसलाई ऐतिहासिक दृष्टिकोणबाट पनि हेर्नुपर्छ । अघिल्लो राजदूतको भूमिकालाई हेर्दा पनि नेपाललाई नियन्त्रणमा राख्नका लागि आक्रामक भएर आएको देखिन्छ’अर्को, भारत र नेपालको सम्बन्ध अलिकति फरक छ ।त्यो हिसाबले पहिले नेपालको राजनीतिमा भारतीय कूटनीतिज्ञको जस्तो हस्तक्षेप थियो, त्यही प्रक्रियामा चीन आफूले पनि चल्नपर्छ भन्ने सोचेको देखिन्छ । किनभने, हामी पनि उत्तिकै छिमेकी हौं भनेर देखाउन खोजेको छ ।

नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि संविधान जारी हुने बेलासम्म भारतबाट नेपाल आउने प्रायः राजदूतको भूमिका यस्तै विवादास्पद हुन्थ्यो । नेपालमा जनआन्दोलन ०६३ सफल हुनुअघि नै राजाको सक्रिय शासन कालमा भारतबाट राजदूत बनी काठमाडौं आएका श्याम शरण, शिवशंकर मुखर्जी, राकेश सुद, जयन्त प्रसाद र रञ्जित रेका कार्यकालहरू असाध्यै विवादास्पद बन्न पुगेका थिए । उनीहरूले क्याबिनेटको मिटिङमा हस्तक्षेप गरेको, संविधान लेखनमा अनावश्यक चासो र कतिपय अवस्थामा हस्तक्षेप महसुुस हुनेगरी भूमिका खेलेको, पार्टीकै बैठकमा आफ्ना एजेन्डा प्रवेश गराएको जस्ता गतिविधिबाट विवादित भइरहन्थे । त्यसैको परिणाम आम मनोविज्ञान भारतप्रति थप नकरात्मक बन्दै गएको थियो । भारतीय र पश्चिमा मुलुकका राजदूतहरू काठमाडौँमा सक्रिय हुँदा चिनियाँ कूटनीतिज्ञ भने मौन देखिन्थे ।

तर संविधान जारी भएर आम निर्वाचन घोषणा भएसँगै त्यो भाष्य पूरै बदलिएको छ । नेपाल आफैमा स्वतन्त्र राष्ट्र हो । भारत, चीन, जापान, यूरोपसँग कसरी सम्बन्ध राख्छ भन्ने नेपालको आफ्नो कुरा हो उनले नेपाल चीन सम्बन्धमा हामी यस हिसाबले अगाडि जाऔँ भन्न सक्छन् । अहिले आफ्नो कार्यक्षेत्रभन्दा माथि उठेर प्रतिक्रिया दिन पक्कैपनि मिल्दै । चिनियाँ राजदूत छेनले दिएको अभिव्यक्ति गैरकूटनीतिक मात्रै होइन, नेपालको परराष्ट्र नीति सञ्चालनमा आफ्नो प्रत्यक्ष उपस्थिति समेत देखाउन खोजेको हो भन्ने कुरा बुझन कठिन छैन । चीनप्रतिको सद्भाव नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्ने चिनियाँ कूटनीतिक शैलीका कारण कायम रहेको हो । विगतमा भारतीय राजदूतहरूले गरेको गल्ती अहिले चिनियाँले दोहो¥याउँदा त्यसको प्रतिफल पनि फरक हुनेछैन । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप नरुचाउने नेपालीहरूले चिनियाँ हस्तक्षेप पनि पक्कै राम्रो मान्ने छैनन् । चीनप्रति नेपाली जनताको सद्भाव खलबलिन नदिने हो भने चिनियाँ राजदूतले नेपालको राजनीतिमा अनावश्यक चासो र सक्रियता पनि देखाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group