ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् : ओली


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   ६ : १५   बजे

काठमाडौं २४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेको आरोप लगाएका छन् ।

आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा उनले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालकलाई अनाहकमा पक्राउ गरेर दुःख दिएको टिप्पणी गरे ।

‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको रु’ उनले प्रश्न गरे, ‘५र६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, धनीपूर्जा भएको मान्छेसँग किन्यो त ।’

व्यवसायी गुरुङ भागेर कहीँ जाने सम्भावना नभएको भन्दै ओलीले सरकारले राष्ट्रिय पुँजीपतिलाई दुःख दिने हिसाबले मात्र पक्राउ गरेको आरोप लगाए । ‘भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने त्यो गुरुङ यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न सकेन । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो’, उनले भने ।

यती होल्डिङ्सलाई पनि सरकारले दुःख दिएको ओलीले टिप्पणी गरे । ‘यती होल्डिङ्सलाई खेद्नेहरु दलाल पुँजीवादीहरु हुन् । त्यसकारण उनीहरु खेद्छन्, किनभने त्यो राष्ट्रिय पुँजी हो ।

सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि, त्यस्तो मान्छे अहिले हवाइजहाज पनि उडाएको छ, पयर्टन पनि चलाएको छ, होटल पनि चलाएको छ, हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ रु भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन, माल्दिभ्समा लाँदैन, श्रीलंकामा लाँदैन, बंगलादेश लाँदैन, भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’

सरकारको यस्तो रबैयाका विरुद्ध बोल्नेहरुलाई दुख दिने गरेको पनि ओलीले बताए । सरकारले भन्ने गरेको भ्रष्टाचार र अनियमितताविरुद्धको कारबाहीलाई ओलीले दलाल पुँजीपतिको फण्डा र तमासा भएको जिकिर गरे ।

‘यो दलाल पुँजीपतिहरुको तमासा हो, पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो, त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ’, उनले भने । ।

कोरोना महामारीले पनि बिगार्न नसकेको नेपालको अर्थतन्त्र अहिलेको गठबन्धन सरकारका कारण बिग्रेको ओलीले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group