ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनदेखि अशान्त मलंगवामा सरकारी पहलमा निकालियो सद्‌भाव र्‍याली


ABC NEWS
२४ भदौ २०८०, आइतबार   ८ : ५८   बजे

जनकपुर २४ भदौ । साम्प्रदायिक सद्भाव खल्बलिएपछि बिगत तीन दिनदेखि अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवामा आइतबार साँझ सद्‌भाव र्‍याली निकालिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा निकालिएको सद्‌भाव र्‍यालीमा स्थानीय जनप्रतिनिधिसँगै विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

आइतबार अपरान्ह जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले सामाजिक सद्‌भाव कायम राख्नको लागि सबैलाई संयमता अपनाउ आग्रह गरेको थियो।

बैठकले भदौ २२, २३ र गते भएको घटना व्यवस्थापनको सन्दर्भमा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरेको छ।

समितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदन बमोजिम दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

बैठक लगत्तै स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका अगुवा, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा र स्थानीय सञ्चारकर्मीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिएको हो।

र्‍यालीमा प्रदेशसभा सदस्य कौशल किशोर राय, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद राय, प्रमुख जिल्ला अधिकारी यादव, सहायक प्रजिअ घिमिरे, मलंगवा नगरपालिकाका वडाध्यक्षहरु, प्रमुख सेनानी सूर्यबहादुर कार्की, सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरीका डीएसपी उद्धव वम, मलंगवा नगरपालिकाका पूर्व मेयर निरसल साह, जिल्ला समन्वय समिति सर्लाहीका पूर्व प्रमुख मेथुन चौधरी, हिन्दू र मुस्लिम समुदायका स्थानीय अगुवाहरुको सहभागिता थियो।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको र्‍याली मलंगवा मलंगवा ९ हनुमान चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

गएको शुक्रबार कृष्ण जन्माष्टमीको मुर्ति सेलाएर फर्किंदै गरेको समूहमाथि सोही ठाउँमा केही उच्छृंखल व्यक्तिहरुले आक्रमण गरेपछि मलंगवा अशान्त बनेको थियो।

कोणसभामा हिन्दू र मुस्लिम समुदायका अगुवाहरुले सद्‌भाव मन्तव्य व्यक्त गरेपछि र्‍यालीको समापन गरिएको प्रजिअ यादवले बताए।

साम्प्रदायिक गतिविधिको कारण सामाजिक सद्भाव खल्बलिने अवस्था सिर्जना भएपछि स्थानीय प्रशासनले शनिबार साँझदेखि आइतबार बिहानसम्म मलंगवामा कर्फ्यु लगाएको थियो।

केही क्षेत्रमा अहिले पनि स्थानीय प्रशासनले भेला जुलुश गर्न निषेध गरेको छ। सामाजिक सद्भाव विथोल्ने गतिविधिमा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ।

स्थानीय प्रशासनले कर्फ्यु हटाएपनि आइतबार दिनभर मलंगवामा मानिसको चहलपहल भने पातलो थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group