ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेडिकेटेड र ट्रंकलाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   १२ : ३३   बजे

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका विषयमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको बताएका छन् । यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न उनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले भेट गरेपछि उनले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई टेलिफोन गरेर उक्त निर्देशन दिएका हुन् ।

महासंघ, विद्युत् नियमन आयोग र प्राधिकरणलाई सँगै राखेर सो विषयलाई छिटै टुंगोमा पुर्‍याउन पहल गर्ने प्रधानमन्त्रीले बताएका महासंघले जनाएको छ ।

डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न प्राधिकरणले यही भदौ १७ गते सूचना जारी गरेको थियो । बक्यौता महसुल चुक्ता नगर्ने उद्योगहरूको विद्युत् आपूर्ति बन्द गरिने सूचनामा उल्लेख छ ।

महासंघले अहिले उद्योग–व्यवसाय ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेकाले यसलाई जोगाउन विशेष पहल गर्नुपर्ने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिएको छ । “अहिलेको बेला हामीलाई सहयोग र समर्थन चाहिएको छ,” महासंघका अध्यक्ष चन्द्र ढकालले भने, “थप समस्या सिर्जना गरिदिनु भएन ।”

कोरोना महामारीपछि उद्योग–व्यवसाय निरन्तर संकटमा रहेको र यस्तो अवस्थामा विद्युत् काट्दा व्यवसायी थप हतोत्साही हुने महासंघको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group