बेइजिङ ६ असोज । जिप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राष्ट्रपति बीच दुई पक्षीय वार्ता भएको छ । चीनको होङचाउमा भएको बार्तामा दुवै तर्फका वार्ता टोलीका सदस्यहरुलाई पनि सहभागी गराइएको छ । प्रधानमन्त्री प्रचण्ड आजै अमेरिकाको न्युयोर्कबाट सिधै चीनको औपचारिक भ्रमणका लागि
हाङ्जाओ हुने एशिएन गेमको उद्घाटन समारोहको विशेष अतिथि हुने गरी आएका हुन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ।
शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो। यसअघि हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समयअनुसार अपराह्न ४ः५० बजे भेट भएको हो। भेटमा प्रचण्डले नेपाल–चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलबीच भेट गर्न पाएको भन्दै खुसी व्यक्त गरे।
ad
सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रबार भेट गरेका थिए। प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गरेका थिए।
चीनले एशियन गेमलाई प्रमुख कूटनीतिक मञ्चको रुपमा समेत लिएकाले यही समारोहमा सहभागी हुनेगरी नेपाली प्रधानमन्त्रीको भ्रमण मिलाएको चिनिया नेताहरुले बताएका छन् । यो सामारोहमा कम्बोडियाका राजा नरोद्दम सिंहानुक, सिरियाका राष्ट्रपति बसर अल असद र नेपालका प्रधानमन्त्री प्रचण्डसम्मलाई विशेष अतिथि बनाइएको छ ।
चीनसंग हुने महत्वपूर्ण सहमति सम्झौताले नेपालको आर्थिक विकासमा महत्वपूर्ण हसयोग पुग्ने प्रचण्डको विश्वास छ ।
‘हाङ्जाओ र बेइजिङमा हुने चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष तीन नेता तथा राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय जनकंग्रेसका अध्यक्षसँगको भेट, हाङ्जाओ र बेइजिङ दुवै विमानस्थलमा मन्त्रीले गर्ने स्वागत र गार्ड अफ अनर तथा चारपाँच वटा प्रान्तमा हुने भ्रमणले यसको महत्व देखाउँछ।’
हाङ्जाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए।
प्रचण्ड हाङ्जाओको हुजियासान रिसोर्टमा बसेका छन्। जहाँ प्रधानमन्त्रीको टिम एक रात बास बस्ने तय छ।
हाङ्जाओमा राष्ट्रपति सीले प्रधानमन्त्री प्रचण्डसँग लन्च मिटिङ गरेका हन् । त्यसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा पुगेका छन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गरे ।
रिसोर्टबाट फर्केपछि प्रचण्ड र राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका भएको हो ।
बेइजिङमा थप दुई वटा महत्वपूर्ण भेटवार्ता भएपनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ। हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।
चीनले नेपालसँग भएको बीआरआई सम्झौता कार्यान्वयन सम्झौताको मस्यौदा प्रस्ताव गरे पनि नेपालले यसमा जवाफ दिएको छैन। यस विषयमा प्रचण्ड र सीबीच छलफल हुनेछ तर सम्झौता हुने नहुने प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्नेछ।
रिसोर्ट फर्केर आराम गरेपछि प्रचण्ड ७ बजे विश्वप्रसिद्ध कम्पनी अलिबाबा ग्रुपको मुख्यालय पुग्नेछन् अवलोकनका लागि। आधा घण्टा अवलोकनपछि प्रचण्ड राष्ट्रपति सी र अन्य देशका अतिथिहरूसँगै १९औँ एसियाली खेलकुद उद्घाटन समारोहमा सहभागी हुनेछन्। ८ बजेदेखि एक घण्टा उद्घाटन समारोहमा सहभागी भएर रिसोर्ट फर्कने कार्यक्रम छ।
देशको कार्यकारी प्रमुख र नेकपा माओवादी पार्टीको अध्यक्षका हैसियतमा पटकपटक चीन भ्रमण गरेका र राष्ट्रपति सीसँग यसअघि नै चार पटक भेटवार्ता गरिसकेका प्रचण्डका लागि यो भ्रमण केही कुराले थप महत्वपूर्ण हुने देखिँदैछ।
नेपाली प्रधानमन्त्री प्रचण्डले बेइजिङमा इन्भेस्टमेन्ट फोरम
७ असोज ९२४ सेप्टेम्बर० मा प्रचण्ड हाङ्जाओबाट एयर चाइनाको जहाज चढेर १२ बजे बेइजिङ उत्रिने छन्। चीनको राजधानीमा बेइजिङमा पनि मन्त्रीले स्वागत गर्ने कार्यक्रम छ। बेइजिङमा प्रचण्डलाई देउथाई स्टेट गेस्ट हाउसमा बस्ने व्यवस्था मिलाइएको छ।
त्यो दिन बेइजिङमा प्रधानमन्त्री प्रचण्डले नेपाली र चिनियाँ व्यवसायीहरूले संयुक्त रुपमा आयोजना गर्ने ‘चाइना–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरम’ लाई सम्बोधन गर्नेछन्। साँझ ५ बजेर ४५ मिनेटमा नेपाली दूतावासमा स्वागत रिसेप्सन राखिएको छ, जुन साढे ८ बजेसम्म चल्नेछ।
बेइजिङमा ८ आसोज ९२५ सेप्टेम्बर० मा प्रचण्डको व्यस्त कार्यतालिका छ। सो बिहान साढे ८ बजे प्रचण्ड तिआनमेन स्क्वायरमा पुग्नेछन्, जहाँ प्रचण्डले माओ मेमोरियल हलमा फूल चढाउने कार्यक्रम छ।
लगत्तै ९ बजेर ४५ मिनेटबाट आधा घण्टा प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता हुनेछ। चाओ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली चिङपछि तेस्रो नम्बरका नेता हुन्।
त्यसपछि तिआनमेन स्क्वायरमा प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित स्वागत कार्यक्रम राखिएको छ।
त्यसपछि सोही ठाउँमा रहेको ग्रेट हल अफ द पिपलमा चीनका प्रधानमन्त्री ली चिङसँग प्रधानमन्त्री प्रचण्डको दुई पक्षीय वार्ता तय गरिएको छ। वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच केही सम्झौता पत्रमा हस्ताक्षर हुनेछ।
लगत्तै चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा दिवा भोजको आयोजना गरेका छन्।
सोही दिन २ बजे ह्वावे बेइजिङ अनुसन्धान केन्द्र अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
चीन भ्रमणको चौथो दिन ९ असोज (२६ सेप्टेम्बर) मा प्रचण्ड राजधानी बेइजिङबाट पश्चिमको चीनको सहर चङकिङतर्फ उड्ने छन्, जहाँ एक दिन रहँदा कृषिको आधुनिक विकास र सूचना प्रविधिमा चीनले गरेको प्रगति अवलोकन गर्ने कार्यक्रम छ।
लगत्तै प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चङकिङ नगर कमिटिका सचिव युयान जियाजुनले भेटवार्ता र सँगै डिनर गर्ने कार्यक्रम छ।
१० असोज ९२७ सेप्टेम्बर० मा छोङकछिङबाट तिब्बतको ल्हासा पुग्ने छन् । प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवरको समेत अवलोकन गर्नेछ्न । चीनमा कैलाश पर्वतलाई महायानी वौद्ध सम्प्रदायले आस्थाको रुपमा लिन्छन् भने नेपाल लगायतका दक्षिण एशियाली देशल भगवना शीबको उत्पक्ति स्थल मान्दछन् ।
१५ वर्षअघि सन् २००८ मा बेइजिङ ओलम्पिकको समापन समारोहमा सहभागी भएका पुष्पकमल दाहाल प्रचण्डलाई अहिले फेरि त्यस्तै अर्को अवसर जुरेको छ, हाङ्जाओ एसियन गेम्सको भव्य उद्घाटन समारोहमा सहभागी हुने। त्योबेला प्रचण्ड चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग देखिएका थिए, शनिबार हाङ्जाओमा अहिलेका राष्ट्रपति सी चिनफिङसँग उभिनेछन् । पश्चिमा तथा अन्य केही देशले प्रचण्ड यो समारोहमा नदेखिएक हुने थियो भन्ने चाहेका थिए । तर प्रचण्डले चिनिया निम्तोलाई सहश्र स्वीकार गरेर आएका छन् ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा रहंदा अमेरिकी राष्ट्रपति, नर्वेजियन प्रधानमन्त्री, श्रीलंकाका राष्ट्रपति, वंगलादेशी प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिव सहित विभिन्न कूटनीतिज्ञ तथा विश्व नेताहरुसंग समेत भेटवार्ता गरेका थिए ।
भारतीय पक्ष भने प्रधानमन्त्री हिंड्ने दिन २२ सेप्टेम्वरमा मात्र त्यहाँ पुगेकाले भेट हुन सकेन । यसपटक भारतका तफबाट विदेश मन्त्री एस जयशंकरले भाग लिंदैछन् ।
सम्वन्धित समाचार
प्रधानमन्त्री प्रचण्ड चीनको हाङझाउमा (फोटो फिचर)
आज चीनको हाङ्जाओमा प्रचण्ड–सी भेटवार्ता, बेइजिङमा प्रधानमन्त्रीसँग वार्ता र मानसरोवरको यात्रा
प्रधानमन्त्रीको चीन भ्रमण : शीर्ष तहमा द्विपक्षीय वार्ता (फोटो फिचर)
चीनको हाङ्जाओमा शनिबार हुँदैछ प्रचण्ड–सी भेटवार्ता, यस्तो छ एक हप्ताको कार्यक्रम
प्रतिक्रिया दिनुहोस्