ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको दिल्ली भ्रमणपछि विकास साझेदारीले थप गति लियो– भारत


एबीसी न्यूज
६ आश्विन २०८०, शनिबार   ४ : ३०   बजे

काठमाडौं, ६ असोज ।  भारतीय राजदूतावासले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि भएका उपलब्धिहरू सार्वजनिक गरेको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् शनिबार दिउँसो विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको प्रगति विवरण सार्वजनिक गरेको हो।

विशेष गरी प्रधानमन्त्रीको भ्रमणका क्रममा दश वर्षमा भारततर्फको विद्युत् निर्यात क्षमतालाई १० हजार मेगावाट पुर्‍याउने प्रतिबद्धतालाई यथार्थमा बदल्ने प्रयास भएको राजदूतावासले जनाएको छ। त्यस्तै, १३२ केभी टनकपुर– महेन्द्रनगर प्रसारण लाइनमार्फत् विद्युत थप भएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भएको भेटघाटका तस्बिर सार्वजनिक गर्दै राजदूतावासले भनेको छ, ‘विकास सहयोग सम्बन्ध सुदृढ र परिवर्तन गर्दै अघि बढ्छौं।’

राजदूतावासले कुर्था–बिजलपुरा रेल, विसं २०७२ मा गएको महाभूकम्पपछि ललितपुरको नापिचन्द्र महाविहार पुननिर्माण, बूढानीलकण्ठ धर्मशाला पुनःनिर्माण लगायतका विषयहरूलाई पनि उलब्धिका रुपमा सार्वजनिक गरेको छ।

प्रधानमन्त्री प्रचण्ड गत जेठ १७ देखि २० सम्म भारत भ्रमण गरेका थिए। पदभार ग्रहण परेपछि प्रचण्डले पहिलो भ्रमण नै भारत गरेका थिए।

शनिबार (६ असोज) नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्युयोर्कबाट चीन पुगेका छन्। प्रधानमन्त्री चीन भ्रमणमा रहेकै बेला भारतीय राजदूतावासले उनको भ्रमणका उपलब्धिहरू सार्वजनिक गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu