ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीले प्रचण्डसँग भने– चीन र नेपालले एकअर्काका प्रमुख हित र चासोलाई सधैँ समर्थन गर्नुपर्छ


एबीसी न्यूज
६ आश्विन २०८०, शनिबार   ६ : २०   बजे

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र चीन एकअर्कालाई बुझ्ने, भरपर्दो र एकअर्कालाई साथ दिने मित्र र साझेदार भएको बताएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनको हाङ्जाओमा भएको द्विपक्षीय वार्तामा प्रचण्डले सीले अघि सारेका बीआरआईलगायत पहलहरुलाई समर्थन गर्ने पनि बताए।

१९औँ एसियन गेम्सको उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डसँग सीले चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका थिए। उनले नेपालको विकास रणनीति तयार गर्न चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि बताए।‘चीन र नेपालले सधैँ एकअर्काका प्रमुख हित र चासोसँग जोडिएका मुद्दाहरुलाई बुझ्नुपर्छ र समर्थन गर्नुपर्छ,’ सीले भने।

राष्ट्रपति सीले ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्कले आकार थालेको भन्दै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।‘दुई पक्षले पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन ध्यान केन्द्रित गर्नुपर्छ,’ सीले भने, ‘चीन चिनियाँ उद्यमहरुलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरु चीनमा निर्यात गर्न प्रेरित गर्छ।’

उनले अन्तर्राष्ट्रिय र क्षेत्री मामिलामा चीन र नेपालको धेरै साझा स्वार्थ रहेको बताउँदै चीन नेपालसँग बहुपक्षीय सहकार्य गर्न तथा साझा स्वार्थहरुको सुरक्षा गर्न इच्छुक रहेको पनि बताए।प्रचण्डले आर्थिक मामिला, गरिबी निवारण र महामारीमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताए। उनले ताइवान र तिब्बत चीनको अभिन्न हिस्सा भएको पनि स्पष्ट पारे।त्यस्तै प्रचण्डले नेपालमा चीनको सार्वभौमसत्ता र सुरक्षामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।उनले बीआरआईका संयुक्त पहलमा नेपाल सक्रिय रुपमा सहभागी हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu