ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ९ : ४६   बजे

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन् । चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन नीतिमा दृढ रहेको बताए । एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई नेपालले व्यवहारबाट पुष्टि गरिसकेको उनको भनाइ थियो ।

दाहाल र सीबीच १५ मिनेट एक्लाएक्लै र त्यसपछि नेपाल र चिनियाँ उच्च अधिकारीबीच ४५ मिनेट वार्ता भएको थियो । यसअघि दाहाल र सीबीच चार पटक भेटवार्ता भइसकेकाले स्पष्ट कुराकानी भएको बेइजिङमा रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘प्रधानमन्त्रीज्यूले एक चीन नीतिप्रतिको प्रतिबद्धता नेपालले व्यवहारबाटै पुष्टि गरेको, स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अंगीकार गरेको तथा यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रस्ट पार्नुभयो,’ आचार्यले टेलिफोनमा भने ।

२०७८ फागुनमा नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीन सशंकित भएको थियो ।सुरुमा माओवादीले एमसीसीको विरोध गरे पनि व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णयमा पुगेको थियो । चीनले एमसीसी पारित नगर्न माओवादीलाई अप्रत्यक्ष रूपमा दबाब दिएको थियो ।

प्रेस सल्लाहकार आचार्यका अनुसार वार्तामा दुवै नेता दक्षिण एसियाको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको भन्नेमा सहमत भएका थिए । ‘बीआरआईमा पहिले नै हस्ताक्षर भइसकेकाले यसलाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्टसँग चिनियाँ पक्षलाई भन्नुभयो,’ उनले भने, ‘चीनको समृद्धिबाट छिमेकी नेपालले सहयोग लिनुपर्ने कुरा पनि गर्नुभएको छ ।’ चीन र नेपालले एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउन पनि वार्तामा जोड दिएका थिए । ‘राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिनुभएको छ,’ प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘सीले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदबिना समान सहअस्तित्वसँगै अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुभयो ।

आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने उहाँको विश्वास छ ।’प्रधानमन्त्री दाहालले चीन र नेपालबीच लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताएका थिए । ‘चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्रीले गर्नुभयो,’ आचार्यले जानकारी दिए । राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँग यसअघि भएका भेटको चर्चा गर्दै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गरेका थिए ।चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीन र नेपालले ठूलो र सानो देशबीच समान व्यवहार र विन–विन साझेदारीको एउटा उदाहरण तय गरेको उल्लेख गरेको छ । ‘राष्ट्रिय विकास र समृद्धिको बाटोमा एकअर्काका लागि साझेदार हुने अवसर दुवै देशलाई छ,’ राष्ट्रपति सीले भने, ‘दुवै पक्षले एकअर्काको मुख्य स्वार्थ र चासोका मुद्दालाई बुझ्नु र समर्थन गर्नुपर्छ । राजनीतिक आधारबाट दुईपक्षीय सम्बन्ध बलियो बनाउनुपर्छ ।’ सीले दुई देशले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यमा प्रगति गरेको र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कले आकार लिएको बताए । ‘नेपाल भूपरिवेष्टित मुलुकबाट भूजडित देशमा रूपान्तरण गर्न, पूर्वाधार कनेक्टिभिटीमा प्रवर्द्धित गर्न र पारवहन यातायात सहयोग विस्तार गर्न दुवै पक्षबाट प्रयास गर्नुपर्नेमा सीले जोड दिए । ‘चीन नेपालसँग बहुपक्षीय समन्वयमा सुधार गर्न, दुई देश र अन्य विकासोन्मुख देशहरूको साझा हितको रक्षा गर्न र मान्छेको साझा भविष्य निर्माणलाई प्रवर्द्धन गर्न इच्छुक छ,’ सीको भनाइ थियो ।दाहालले सीको प्रशंसा गर्दै दूरदर्शी विश्व नेता र नेपालको असल मित्र भएको बताए । ‘नेपाल र चीन एकले अर्कालाई बुझ्न सक्ने मित्र भएकाले एकअर्कालाई समर्थन गर्दै आएका छन् । नेपाल एक चीनप्रति सधैं प्रतिबद्ध छ,’ दाहालको भनाइ थियो, ‘ताइवान र तिब्बत दुवै चीनका अभिन्न अंग हुन् । आफ्नो भूमि चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ ।’

सीसँगको भेटमा दाहालले नेपालले बीआरआईको उच्च प्रशंसा गर्दै यसको सहकार्यमा सक्रिय रूपमा सहभागी हुने भन्दै ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणमा प्रतिबद्धता व्यक्त गरे । उनले हाङचउ एसियाली खेलकुदको भव्य सफलताले एसियाका बासिन्दाबीच समझदारी र मित्रता बढाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको सिन्ह्वाले जनाएको छ । चीनमा आयोजना भएको ‘बोआओ फोरम फर एसिया’ मा सहभागी हुन चीनले दाहाललाई निम्ता दिएको थियो । हेनान प्रान्तमा चैत १४ देखि १७ सम्म हुने कार्यक्रमका लागि चिनियाँ राजदूत छन सोङले फागुन १० मै भेटेर दाहाललाई निम्तो दिएका थिए । तर, पहिले भारतपछि चीन जाने उद्देश्यले उनले उक्त भ्रमण स्थगित गरेका थिए ।प्रधानमन्त्री दाहाल हाङचउबाट आइतबार बेइजिङ आउने कार्यक्रम छ ।

उनले बेइजिङमा चिनियाँ प्रधानमन्त्री ली छियाङसँग सोमबार भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले छियाङसँगको भेटमा व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने बताए । ‘पूर्वाधार, ऊर्जा, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिलगायत एजेन्डामा सहमति गर्ने गृहकार्य भइरहेको छ,’ उनले भने, ‘प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच सहयोगबारे सैद्धान्तिक छलफल भएको छ । चिनियाँ प्रधानमन्त्रीसँग भेटवार्ता भएपछि सहमतिका लागि ठोस आकार लिने विश्वास गरिएको छ ।’दाहालले बेइजिङमा नेसनल पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् ९सीसीपीआईटी०, नेपालको उद्योग वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गर्ने ‘चीन–नेपाल लगानी सम्मेलन’ लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । चीनको कृषि तथा औद्योगिक विकासको अवलोकनका लागि चोङकिङ नगरपालिकाका साथै नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट शनिबार बिहान हाङचउ पुगेका थिए । उनी असोज १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group