ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बागमती अधिवेशन : प्रदेश अध्यक्षमा आकांक्षीको लर्को


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १ : ०५   बजे

काठमाडौं, ७ असोज । नेकपा एमाले बागमती प्रदेश अधिवेशन यहि असोज ८ र ९ गते काठमाडौँमा हुँदै छ। प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौटको कार्य सकिएको एमाले प्रदेश अध्यक्ष केशवराज पाण्डले बताएका छन्।

पाण्डेका अनुसार प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन्। छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन्।

अधिवेशनको तीव्र तयारीमा एमालेका नेताहरु यतिबेला व्यस्त छन्। अधिवेशनको तामझामको चटारो एकातिर छ भने नेतृत्व चयनको बिषय पेचिलो बन्नेमा दुईमत छैन।

संघीय राजधानीको पनि राजधानी रहेको बागमती प्रदेशको अधिवेशनलाई अन्य प्रदेशको तुलनामा अलि महत्वका साथ हेरिएको छ। कारण प्रदेश अध्यक्ष पदको आकांक्षीमा पूर्वमन्त्री देखि एमालेका पोलिट्ब्यूरो सदस्यसम्मले दाबी गर्न थालेका छन्।

अध्यक्ष बागमती प्रदेशकै भएपनि केन्द्र हाँक्न सक्ने ल्याकत बागमती प्रदेश अध्यक्षको हुने एमालेका नेता कार्यकर्ताहरुको बुझाई छ।

यसले पनि प्रदेश अध्यक्षका आकांक्षीहरुको संख्या झण्डै दर्जन भन्दा बढी छ। यद्यपि, राजनीतिक उत्तरचढावलाई मितव्ययी बनाउन एमाले नेताहरुले आकांक्षीलाई साम्य बनाउने कसरत गरिरहेका छन्। तर पनि सर्वसहमतीमा नेतृत्व चयन हुने सम्भावना भने न्यून छ। यो अधिवेशनले ५ जना पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटि बनाउनेछ।

बागमती प्रदेशको यो अधिवेशनले ५ जना पदाधिकारीसहित २४० सदस्यीय कमिटि बनाउँनेछ। पदाधिकारीमध्ये अध्यक्षका लागि धेरैको बलियो दाबी देखिएको छ।

वर्तमान अध्यक्ष केशवराज पाण्डेदेखि पूर्वमन्त्री रचना खड्कासम्मले अध्यक्ष पदका लागि दावी बढाएका छन्। त्यसोत, पोलिट्व्यूरो सदस्य समेत रहेका महेश बस्नेत समेत अध्यक्षकै दावेदारको रुपमा उभिएका छन्।

तर बस्नेतले मकवानपुरका कृष्णप्रसाद दाहाललाई समर्थन गर्दै आफ्नो दावेदारी हटाएको नेकपा एमाले बागमती प्रदेश कमिटिका एक नेताले बताए।

प्रदेश अध्यक्ष पदका लागि झण्डै एक दर्जन भन्दा बढी नेताहरुको नाम चर्चामा आए पनि पछिल्लो समय दावेदारीको संख्या घट्न थालेको उनको दाबी छ।

हाल वर्तमान अध्यक्ष केशव पाण्डेसहित मकवानपुरका कृष्ण दाहाल, चितवनका विजय सुवेदीे रामेछापका कैलाश ढुंगेल, दोलखाकी रचना खड्का, पूर्व पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठकोे नाम हाल चर्चामा छ। यी मध्ये केही ब्याक भएपनि सर्वसहमती हुने सम्भावना भने देखिदैन।

अध्यक्ष पदको दावेदारको रुपमा उभिएकी दोलखाकी रचना खड्का अध्यक्ष पद आफूले पाए मुलुकमै परिवर्तनको सन्देश जाने बताउँछिन्। ‘निर्वाचन भए लोकतान्त्रिक प्रक्रियाबाट जो भए पनि ठिकै छ। तर सर्वसहमतीमा अध्यक्ष छनोट गरेर महिलाले पनि नेतृत्व पाउनपर्छ भन्ने सन्देश दिन जरुरी छ भन्ने लाग्छ,’ उनले भनिन्।

वर्तमान अध्यक्ष पाण्डे यो कार्यकालमा अधुरो रहेका कामहरु पूरा गर्नका लागि आफू दोहोरिन चाहेको बताउँछन्। ‘मेरो दावेदारी स्वाभाविक नै रहन्छ,’ पाण्डेले हाँस्दै भने, ‘जो कसैले नेतृत्वले पनि दोहोराएर जान पाए हुन्थ्यो हुने चाहना त राख्छन् नै। मेरो पनि त्यस्तै हो।’ बाहिरी चर्चा जसरी नै आफूले पुनः अध्यक्ष पदमा दावी बढाएको पाण्डेले स्वीकार गरे।

त्यसोत, अधिवेशनको तयारीमा जुट्दै गर्दा एकजना अध्यक्षका लागि आकांक्षीको लर्को लागेपछि कसरी व्यवस्थापन गरेर अधिवेशन सफल बनाउने भन्ने चुनौती समेत पाण्डेकै काँधमा छ।

यस्तो अवस्थामा के सर्वसहमतीमा नेतृत्व टुंगिएला तरु नेपालखबरको यो प्रश्नमा उनले भने, ‘हाम्रो प्रयास सर्वसहमतीमै टुंग्याउने भन्ने हो। मैले अध्यक्षको हैसियतले पनि यो भन्नु नै पर्छ। तर लुम्बिनी प्रदेशको जस्तो अवस्था आएको खण्डमा हामी लोकतान्त्रिक पद्धतीबाट निर्वाचनमा होमिएर नेतृत्व चयन गर्छौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डप उद्घाटन सत्र सम्पन्न गरी बन्द सत्र भने प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने एमाले बागमती प्रदेश कमिटिले जनाएको छ।

प्रदेशका ११९ वटा पालिकामा एकैपटक प्रतिनिधि चयन गर्ने कार्यक्रम छ। अधिवेशनबाट २४० सदस्यीय प्रदेश कमिटि चयन गर्नेछ। यसअघि एमाले प्रदेश कमिटि ४ सय ८७ सदस्यीय थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group