ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न कांग्रेसमा माग


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   १ : २८   बजे

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा धारणा राखेका अधिकांश केन्द्रीय सदस्यहरूले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग राखेका छन्।

गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा भए पनि सरकारको नेतृत्व भने माओवादी अध्यक्ष प्रचण्डले गरिरहेको उनीहरूको भनाइ छ।

‘अहिले हामी सरकारमा मात्र छैनौं, यो गठबन्धनको मूल नेतृत्वकर्ता कांग्रेस नै हो,’ केन्द्रीय सदस्य राजीव ढुंगानाले आइतबार केन्द्रीय समितिमा भने, ‘सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्छ।’

महंगी दिन(प्रतिदिन बढिरहेको र सरकारले अनुगमनसमेत नगरेको उनले बताए।

‘भ्रष्टाचारका एक(दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस गरेका छैनन्,’ उनले भने, ‘शान्ति सुरक्षाको स्थिति ठिक छैन। हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ। ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्गाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको छ। काठमाडौं चार वटा शव एकै ठाउँमा भेटिने घटना भएका छन्।’

बैंकबाट ऋण लिएर साना व्यापार तथा व्यवसाय गर्नेहरूमा निराशा देखिएको उनले बताए।

‘यो सरकार जनताको सरकार हो भन्ने प्रत्याभूति दिने गरी आफ्ना कामकारबाही अघि बढाउने कि नबढाउनेरु,’ उनले प्रश्न गरे, ‘सरकारले गरेका एक(दुई कामका जस प्रचण्डजीको पार्टीले लिने, सिंगो सरकारको असफलताको भारी कांग्रेसले बोक्नुपर्ने गरी अगाडि बढ्ने हो भने यो सरकारमा कांग्रेसको सहभागिताको अर्थ के हो, यसबारे गम्भीर र निर्ममतापूर्वक समीक्षा गर्ने बेला आएको छ।’

उनले जनताका मुद्दा सम्बोधन गरिनुपर्ने बताए।

अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बस्नुमात्र उपलब्धि मान्न नहुने बताए।

सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्री प्रचण्डलाई जनमुखी काम गर्न आग्रह गर्नुपर्ने बताए।

‘अघिल्लो केन्द्रीय समितिले विभिन्न निर्णय गर्‍यो। तर ती निर्णय प्रेस विज्ञप्तिमै सीमित हुनु भएन,’ पौडेलले भने, ‘सभापतिले प्रधानमन्त्रीकहाँ गएर यो(यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्‍यो। गठबन्धन जोगाउनुमात्र उपलब्धि होइन।’

कांग्रेस सरकारमा बसेकाले पार्टी पनि लोकप्रिय हुने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।

‘हाम्रा कुनै पनि साथी ९मन्त्री० ले राम्रो काम गरे भनेर मैले भाषण गर्न पाइनँ,’ उनले भने, ‘सरकारमा बस्नुमात्र उपलब्धि होइन।’

देशमा लगानीको वातावरण सिर्जना गरिनुपर्ने पौडेलले बताए। उनले बजार क्षेत्रका ३५ प्रतिशत सटर बन्द भएको र खाद्यान्नमा १४ प्रतिशतसम्म महंगी भएको बताए।

‘सरकारले कुनै अनुगमन गरेको छैन। महंगी नियन्त्रण गर्नुपर्‍यो,’ पौडेलले भने।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार घटनामा सरकारमा सम्मिलित नेताहरूको धारणा मागे।

‘कांग्रेसलाई छानीछानी दुस्ख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ,’ उनले भने, ‘सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ।’

महंगी नियन्त्रणमा सरकारले कदम चाल्नुपर्ने उनले बताए।

कोशी प्रदेशमा सरकारको स्थिरताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्णायक वार्ता गरी नयाँ समीकरण निर्माण गर्नुपर्ने पराजुलीको भनाइ छ।

‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपासँग तालमेल नगरिकन अघि बढ्दा पटक(पटक अस्थिरता दोहोरिएको छ। कोशीमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ता गरौं,’ उनले भने।

केन्द्रीय सदस्य लक्ष्मी परियारले आर्थिक संकटका कारणले आपराधिक घटना हुने गरेको बताइन्।

‘आर्थिक संकटलाई कसरी पार लगाउन सकिन्छरु साना व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्, हामी पनि सरकारमा छौं, अर्थमन्त्री नै कांग्रेसको हुनुहुन्छ,’ उनले भनिन्, ‘महंगी नियन्त्रण गर्नुपर्‍यो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group