ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौधरी ग्रुपले चीनबाट नयाँ विद्युतीय ब्रान्ड ‘स्मार्ट’ भित्र्याउँदै


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   २ : २१   बजे

काठमाडौं, ७ असोज । सिजी मोटर्सले नयाँ विद्युतीय ब्रान्ड ‘स्मार्ट’ नेपालमा भित्राएको छ। स्मार्ट मोर्टस मर्सिडिज बेच्चसँगको संयुक्त उपक्रममा गाडी उत्पादन गर्दै आएको छ।

चौधरी ग्रुपका निर्देशक निवार्ण चौधरीले स्मार्ट मोटससँग सहकार्य शुरु गरेको बताए।

‘मर्सिडिज बेञ्चसँग ज्वइन्ट भेन्चर्स रहेको स्मार्ट मोटर्ससँग सहकार्य गर्न पाउँदा सिजी मोटर्स खुसी छ,’ ग्रुपका निर्देशक चौधरीले भने।

विद्युतीय गाडी उत्पादन गर्न मर्सिडिज बेञ्च र गिली होल्डिङबीचको सहकार्यमा विश्वव्यापी ज्वाइन्टभेन्चर रहेको छ। कम्पनीले जर्मनी र चीनमा प्लान्ट स्थापना गरी गाडी उत्पादन गरिरहेको छ।

सन् २०१९ मा स्थापना भएको कम्पनीले २०२२ बाट पहिलो विद्युतीय गाडी बजारमा ल्याएको थियो।

नेपालमा भने गाडी ल्याउन केही समय लाग्ने कम्पनीले जनाएको छ। कम्पनीले तत्काल नेपालमा स्मार्ट वान र त्यसपछि थ्री मोडल भित्र्याउने भएको छ।

स्मार्टले पहिलो गाडीको रुपमा एसयुभी स्मार्ट बजारमा ल्याएको छ। स्मार्ट १ को मोटर पिक पावर २०० किलोवाट रहेको छ।

गाडीको अधिकतम गति १८० किमी प्रतिघण्टा रहेको छ। २२ किलोवाटको चार्जरले ८० प्रतिशतसम्म चार्ज ३ घण्टामै हुने कम्पनीले उल्लेख गरेको छ।

फास्ट चार्जरबाट आधा घण्टामै फुल हुन्छ। एक पटकको फुल चार्जमा ४२० देखि ४४० किलोमिटर माइलेज दिने उल्लेख गरेको छ।

गाडीमा ६६ किलोवाट आवारको ब्याट्री जडान गरिएको छ। एसी चार्जर २२ किलोवाटको र फास्ट चार्जर १५० किलोवाटको चार्जर सपोर्ट गर्ने कम्पनीले जनाएको छ। चार्जर सिसिएस टाइप २ स्ट्यान्डर्ड रहेको छ।

गाडीको लम्बाइ ४२ सय ७०, १८ सय २२ र उचाइ १६ सय ३६ एमएम छ। ह्वीलवेस १७ सय ५० एमएम रहेको छ। गाडीमा १२।८ इचको रिजुलेसन टच स्क्रिन छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group