ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्षका प्रस्ताव बोकेर बालकोट गए एमाले नेता


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ४ : ३४   बजे

काठमाडौं, ७ असोज । सुन तस्करी प्रकरणमा छानबिन गर्ने न्यायिक समितिलाई दिइने कार्यादेशबारे सत्तापक्षले तय गरेका प्रस्ताव बोकेर एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोट गएका छन् । गृह मन्त्रालयमा आइतबार दिउँसो भएको छलफलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागी थिए ।

सुन तस्करी सम्बन्धमा छानबिनका लागि गठन गर्ने समितिको कार्यादेश के हुने भन्ने विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा सत्तापक्षबाट कानुन परिवर्तन गर्नुपर्ने भएमा त्यसका लागि सुझाव पेस गर्ने, राज्यका संरचना परिवर्तन गर्नुपर्ने भए सुझाव पेस गर्ने र प्रहरीको सीआईबीले सुन तस्करीबारे दिएका प्रतिवेदन अध्ययन गर्ने कार्यादेश दिनुपर्ने प्रस्ताव पेस गरेका थिए ।

यी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा के हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेल र बर्तौला बालकोट गएका हुन् ।

बैठकमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । समिति गठनबारे सकारात्मक छलफल भएको लेखक र बर्तौलाले बताएका छन् ।

यसअघि एमालेले संसद् अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करीका विषयमा छानबिन गर्नका लागि न्यायिक आयोग गठन गर्ने सहमति भएको थियो । समिति असोज ५ मा गठन गरिसक्ने भनिए पनि अझैसम्म कार्यादेशमा पनि सहमति भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu