ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री दाहालको चीन भ्रमणलाई कसरी बुझ्ने?


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ४ : ३९   बजे

काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणका क्रममा अहिले बेइजिङमा छन्।

संयुक्त राष्ट्र संघको महासभामा अमेरिका गएका दाहाल उतैबाट चीन भ्रमणमा निस्किएका हुन्।

चीन पनि एसियाली खेलको उद्घाटन समारोहको अवसर पारेर गए। त्यसैले यस भ्रमणबाट खास कुनै एजेन्डामा कति प्रगति भयो भनेर हेर्नुभन्दा दुई देशबीच उच्चस्तरमा भेटघाट भएर विश्वासको आदान–प्रदान हुनु नै खास उपलब्धिका रुपमा लिनुपर्छ।

यसबीचमा विभिन्न कारणले दुई देशबीच विश्वासको कमी महसुस भइरहेको थियो। त्यो खाडल पुर्न विश्वासको परिपूर्ति आवश्यक थियो।

पक्कै पनि प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी चिन फिङकै तहमा भएको भेटले दुई देशबीचको सम्बन्धमा विश्वासको वातावरण फर्काउन काम गरेको हुनुपर्छ।

चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआईसम्बन्धी सम्झौतामा नेपालले सही गरेको ६ वर्ष भइसक्दा पनि कार्यान्वयनमा जान सकेको छैन। यसपालि पनि बीआरआईलाई लिएर ठोस कुनै निर्णय वा सम्झौता भएको छैन।

तर, दुई देशका शीर्ष कार्यकारीको भेटमा यस विषयमा पक्कै छलफल भएको छ भनेर विश्वास गर्न सकिन्छ। यसमा नेपालको चासो र आकांक्षा प्रधानमन्त्रीले व्यक्त गरेको हुनुपर्छ।

चीनले पनि अहिलेसम्म यस परियोजनामा कामै नहुनुको कारण के हो भनेर उच्चस्तरमै बुझ्ने मौका पाएको छ। यो पनि एउटा उपलब्धि नै हो। नेपालले बीआरआई किन अगाडि बढाएन त भन्ने स्पष्ट भइसकेपछि चीनले पनि पक्कै समीक्षा गर्नेछ।

चीनसँग हामीले २०७२ सालमा पारवहन यातायात सम्झौता गगर्‍यौँ तर त्यसपछि एउटा प्राटोकलमा हस्ताक्षर गर्नेबाहेक उल्लेख्य कुनै काम गरेनौँ।

रेल र अरु दीर्घकालीन योजनाको कुरा गगर्‍यौँ तर तत्काल प्रभाव पर्ने र प्रगति पनि देखिने गरी तात्कालिक योजनामा ध्यान दिएनौँ। यी व्यवहारबाट पनि चीन नेपालसँग पक्कै खुसी छैन।

हामीले चीनसँग होस् या अन्य मुलुकसँग, विकासमा साझेदारी गर्छौँ तर सुरक्षा वा सैन्य गठबन्धनमा आबद्ध हुँदैनौँ। कुनै देशको सुरक्षा योजनामा पनि संलग्न हुँदैनौँ।

त्यसैले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ जीएसआईमा नेपाल सहभागी बन्न सक्दैन, जसरी अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागिता अस्वीकार गरिसकेको छ।

चीन भने अझै आफ्ना सुरक्षा पहलहरुमा सहभागी गराउन सकिनेमा आशावादी देखिन्छ। सबै प्रकारका चिनियाँ पहलमा नेपालले साझेदारी गर्न सक्ने भन्दै केही दिनअघि नेपालस्थित चिनियाँ राजदूतले दिएको अभिव्यक्तिमा पनि यो कुरा झल्किन्थ्यो।

सारमा, कुनै पनि देशसँगको हाम्रो साझेदारी सुरक्षामा होइन, विकासमा हुन्छ। ऋणमा होइन, अनुदानमा हुन्छ। यो कुरा हाम्रा प्रधानमन्त्रीले चीनमा भनेको हुनुपर्छ। यस कुराको संकेत स्वयं प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यसअघि नै गरिसकेका पनि हुन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group