काठमाडौं, ७ असोज । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । नेपालबाट केके वस्तु चीन निर्यात गर्ने र केके वस्तु नेपाल आयात गर्ने भन्ने सम्मको प्रावधानसहितको सम्झौता बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोली यतिबेला चीन भ्रमणमा छन् । चिनियाँ अर्थतन्त्रसँग द्विपक्षीय–सम्झौता गर्नका लागि नेपाली अर्थतन्त्र परिपक्व भइनसकेको अवस्थामा नेपाललाई अधिक लाभ हुनेतर्फ नेपाली पक्षले जोड दिन जरुरी छ ।
नेपालबाट केके वस्तु चीन निर्यात गर्ने र केके वस्तु नेपाल आयात गर्ने भन्नेसम्मको प्रावधानसहितको सम्झौता बोकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोली यतिबेला चीन भ्रमणमा छन् । तर हालसम्मको इतिहासलाई नियाल्ने हो भने चीनसँगको द्विपक्षीय व्यापारबाट नेपालले कति आज्र्यो वा कति गुमायो भन्ने बुझ्न धेरै पर दौडनै पर्दैन । एउटा अध्ययनले देखाउँछ, सन् २०१३ तिर नेपालले चीनतर्फ १ रुपैयाँ बराबर निर्यात गर्दा करिब ३० रुपैयाँको आयात हुने गथ्र्यो । दस वर्षपछि २०२२ मा यो निर्यात–आयात अनुपात भयावह ढंगले बढेर १ रुपैयाँ बराबर ३४१ रुपैयाँभन्दा अधिक हुन पुग्यो । वास्तवमै व्यापार सन्धि पारस्परिक लाभका लागि भन्ने गरिन्छ । तर उल्टो हिँडिरहेको नेपालको चीनसँगको द्विपक्षीय व्यापारले कहीँ गम्भीर खोट देखाइरहेको छ र पुनर्विचार मागिरहेको छ ।नेपाल–चीन व्यापारका लागि द्विपक्षीय सम्झौता सन् १९८१ मा गरिएको थियो । वाणिज्य तथा भुक्तानी सम्बन्धी सम्झौता नाम दिइएको त्यो र त्यसका सहयोगी समझदारीहरूका कैयन् सन्दर्भ अहिले असान्दर्भिक भइसकेका छन् ।
यस्तो समयमा बुद्धिमत्तापूर्ण र चलाखीपूर्ण व्यापार कूटनीतिको खाँचो देखिएको छ ।यसकारण पनि चीनसँग नयाँ व्यापार सम्झौताका लागि प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमण आशालाग्दो अवसर हो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले शनिवार बेइजिङस्थित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गरे ।नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को आयोजनामा भएको नेपाल चीन बिजनेस समिटमा प्रचण्डले आफ्नो भ्रमणले सम्बन्धलाई बलियो बनाउने बताए । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक मुद्धा उठेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण नेपाल र चीनबीचको आर्थिक साझेदारीलाई अझ प्रगाढ बनाउने अवसर भएको बताए ।
उनले नेपालमा अवसरहरूको सम्भावना भएकाले उद्यमी र लगानीलाई स्वागत गरिन्छ भन्ने सन्देश दिन आफू समिटमा आएको बताए । .
एक सय २० जना चिनियाँ कम्पनीको सहभागिता रहेको समिटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा जलविद्युत्, कृषि, वन, जडीबुटी र सूचना प्रविधिको क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल आउने उल्लेख गरे । चीनले पूर्वाधारदेखि औद्योगिकीकरणसम्म, मानव विकासदेखि गरिबी निवारणसम्म गरेको अकल्पनीय विकासबाट संसारले पाठ सिक्नुपर्नेमा उनको जोड छ ।
समिटमा नेपालबाट ५० जना उद्योगी व्यापारी सहभागी थिए ।विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन नेपालको छिमेकी मात्रै होइन, महत्वपूर्ण व्यापार साझेदार मुलुक पनि हो । नेपालले भारतपछि सबैभन्दा बढी व्यापार गर्ने चीनसँगको व्यापार असन्तुलन चिन्ताजनक बन्दै गएको छ । गत आर्थिक वर्ष ०७९/८० मा नेपालले चीनबाट दुई खर्ब २२ अर्ब ७१ करोड रुपैयाँका मालवस्तु आयात गर्दा एक अर्ब ७६ करोडबराबरको मात्रै निर्यात गरेको छ । भारत र चीन नेपालका छिमेकी हुनुका साथै दुई ठूला व्यापार साझेदार पनि हुन् । तर, दुवै देशसँग नेपालको व्यापार घाटा उच्च छ ।
अंकका हिसाबले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग छ । तर, अनुपातमा हेर्ने हो भने सबैभन्दा बढी घाटा चीनसँग छ । संसारले ठूलो बजार मानेको छिमेकी देशमा नेपालले दुई अर्बको पनि निर्यात गर्न सकेको छैन । तर, आयात भने दुई खर्बभन्दा बढी भइरहेको छ जुन चिन्ताको विषय बनेको छ । यसतर्फ सरकारले विशेष पहलकदमी चाल्न आवश्यक छ ।
नेपालले चीनबाट स्मार्ट फोन, मेसिनरी, सवारीसाधनदेखि तयारी पोसाक, खाद्यान्न तथा फलफूलसमेत आयात गर्दै आएको छ । नेपालबाट चीनमा गलैँचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको छ । अमेरिकी अर्थतन्त्रसँग प्रतिस्पर्धामा रहेको चिनियाँ अर्थतन्त्रसँगसन्धि–सम्झौता गर्नका लागि नेपाली अर्थतन्त्र परिपक्व भइसकेको छैन ।यस अवस्थामा नेपाललाई अधिक लाभ हुने साँचो नेपाली पक्षले खोज्न जरुरी छ । तब मात्रै निर्यातले फस्टाएको आर्थिक वृद्धिको रेखा नेपालको लाभमा कोरिन सक्छ । यसतर्फ चीन भ्रमणरत प्रधानमन्त्री प्रचण्डको ध्यान जाओस् ।







प्रतिक्रिया दिनुहोस्