ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा आधारित उद्योगको विषयमा राष्ट्रपति सी चिनफिङसँग छलफल भयो – प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
७ आश्विन २०८०, आइतबार   ६ : ४०   बजे

काठमाडौं, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विषयमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।चिनियाँ राष्ट्रपति सीसँग भएको छलफलको विषयमा जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको विषयमा छलफल भएको बताए ।

नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढी छ भन्ने विषयमा छलफल भएको छ । यस विषयमा हामीले महत्वपूर्ण छलफल गर्‍यौं । विश्वासको राम्रो वातावरण तयार भएको छ, प्रचण्डले भने, हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्रीसहितको टोलीसँग सामूहिक रुपमा छलफल गर्‍यौं । प्रधानमन्त्री प्रचण्डले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सीसँग एक्लै र सामूहिक रुपमा छलफल गरेका थिए ।यस क्रममा रेल, हवाई यातायाता र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालले बताएका थिए । आर्थिक सहयोगको दायरा वृद्धि गर्ने कुराकानी भएको छ ।

आपसी हितका विषय अघि बढाउने कुरा भएको छ, उनले भने । प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो र राजनीतिक नेतृत्वको हिसाबले पाँचौं पटक बेइजिङ आएको स्मरण गर्दै प्रचण्डले भने, पहिले भ्रमणमा बेइजिङ ओलम्पिकको समापन समारोहको संयोग परेको थियो भने अहिले एसियन खेलको उद्घाटन समारोह पर्‍यो । दाहालले प्रत्येक भ्रमणमा महत्त्वपूर्ण चिनियाँ नेतृत्वसँग भेटघाट भएको बताएका थिए ।अमेरिकामा संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu