ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने व्यवस्था गरिएपछि विरोध


एबीसी न्यूज
८ आश्विन २०८०, सोमबार   ८ : ५७   बजे

काठमाडौ ८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान ९ बजे जनकपुरधाम आउने कार्यक्रम छ । जनकपुरधाम आऐलगत्तै उनी पूजापाठ र दर्शनका लागि जानकी मन्दिर पुग्नेछन् । उनले जनकपुरधामस्थित जानकी मन्दिरमा चप्पल लगाएरै दर्शन र पूजापाठ गर्ने भएका छन् ।

उनका लागि मन्दिरमा चप्पलको व्यवस्था गरिएको छ । जानकी मन्दिरका सहायक महन्त रोषण दास ‘वैष्णव’ ले माता जानकीको गर्भगृहसम्म पुग्न राष्ट्रपति पौडेलका लागि चप्पलको व्यवस्था मिलाएको बताए ।

उनका अनुसार आयोजक जनकपुरधाम उपमहानगरपालिकाले नै चप्पलको व्यवस्था मिलाएको हो ।महन्त वैष्णवले नेपाल प्रेससँग भने, ‘जाडो महिनामा मानिसहरूले कपडाको जुत्ताजस्तो जुन चप्पल लगाउँछन्, त्यही चप्पल राष्ट्रपति पौडेलको लागि व्यवस्था गरिएको छ ।’राष्ट्रपति पौडेलको लागि जानकी माताको गर्भगृहसम्म पुग्न चप्पलको व्यवस्था मिलाएपछि विरोध भइरहेको छ ।यसअघिका राष्ट्रपति डा। रामवरण यादव, विद्यादेवी भण्डारी आउँदा भने खाली खुट्टै पूजाअर्चना गरेका थिए ।नेपाल पत्रकार महासंघ धनुषाकी सभापति मनिका झाले पनि जानकी मन्दिरमा राष्ट्रपति पौडेलको लागि चप्पलको व्यवस्था मिलाएपछि सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu