काठमाडौं, ८ असोज । साफ यू १९ च्याम्पियनसिपमा मालदिभ्सविरुद्ध नेपालले अग्रता दोब्बर बनाएको बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ चलिरहँदा नेपालले २–० को अग्रता बनाएको हो।
खेलको छैटौँ मिनेटमा निराजन धामीको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। त्यसको दुई मिनेट पछि नै निराजन कै प्रहार क्रसबारको थौरैमाथिबाट बाहिरियो।
१७ औं मिनेटमा प्रशान्त लक्सनको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
खेलको २७ औं मिनेटमा मालदिभ्सका कप्तान मोहम्मदको फ्रिकीक प्रहार नेपालका गोलरक्षक जियारथले सहजै बचाए।
२९ औं मिनेटमा निराजन धामीको थ्रु पासमा समिर तामाङले उत्कृष्ट गोल गर्दै नेपालको अग्रतालाई दोब्बर बनाएका छन्।
प्रतिक्रिया दिनुहोस्