ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राजदूतले देउवाविरुद्ध कांग्रेसमा के हुँदैछ भनेर सोधे : डा. खड्का


ABC NEWS
८ आश्विन २०८०, सोमबार   ४ : ०३   बजे

काठमाडौं ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले विदेशी कूटनीतिज्ञले शेरबहादुर देउवाविरुद्ध कांग्रेसमा के हुँदैछ भनेर सोधेको खुलाएका छन् ।
खड्काले सभापतिको विस्थापन हुन लागेको हो भन्दै प्रश्न उठाएको कुरा जारी केन्द्रीय समिति बैठकमा राखेका हुन् ।
“अस्ति मलाई एकजना कूटनीतिज्ञले फोन गरे र सोधे– तिम्रो पार्टीमा के हुँदैछ, पार्टी सभापतिको विषयमा केही हुन लागेको हो ? ,” डा. खड्काले भने, “त्यो प्रश्नको आधार काठमाडौं पोष्टमा आएको समाचार भएको आफूले थाहा पाए ।”

उनले त्यहाँ ‘कांग्रेस डिसिडेन्ट टू देउवा मेन्ड वे अर फेस कन्सिक्वेन्सेज’ भन्ने हेडलाइन रहेको बताए ।
“अर्थात सभापतिलाई सुधार गर वा परिणाम भोग’ भन्ने हेडलाइन्स रहेछ,” डा। खड्काले भने, “एउटा लोकतान्त्रिक पार्टीमा पार्टी सभापतिलाई सुधार गर नभए परिणाम भोग भन्ने हेडलाइन दिइन्छ भने यो पार्टीको हाम्रो ‘लेजिटिमेसी’ त छँदै छ, यसको बाहिरी मान्यता, संसारले हामीलाई हेर्ने दृष्टिकोण के होला ?” स्रोतका अनुसार खड्कालाई अमेरिकी राजदूतले फोन गरेर कांग्रेस भित्रको समस्याका बारेमा सोधेका थिए ।
खड्काले त्यसपछि नेपाली कांग्रेसको विधानले काम नगर्ने बताए । उनले विधानले १४ जना पदाधिकारीको व्यवस्था गरेको भन्दै निर्वाचित सभापतिका विषयमा यस्तो समाचार आउने कस्तो पार्टी भन्दै प्रश्न उठाए ।
उनले अहिले शेरबहादुर देउवा सभापति भएको भन्दै व्यक्तित्व र अनुभवले पार्टी चलिरहेको र भोलि आउने व्यक्तिले पार्टी चलाउन नसक्ने बताए ।
“सभापति शेरबहादुर देउवा र तपाईंहरूबीच २०र२५ वर्ष फरक छ, उहाँको अनुभव र व्यक्तित्वको क्षमताले पनि पार्टीलाई लिएर हिड्नुभएको छ,” खड्काले भने “भोलि त नेतृत्वको आकांक्षीको लामो लाइन हुनसक्छ । हम किसिसे कम नही भन्नेको लाइन हुन्छ । पार्टी सभापति भएर कसरी काम गर्नुहुन्छ ?”
उनले पार्टी सभापतिमा हार्नेले पनि हिस्सा खोज्ने र सभापतिलाई यस्ता धम्की दिने गरेकोप्रति आपत्ति जनाए ।
“पार्टी सभापतिमा हार्नु हुन्छ अनि ४० प्रतिशत हिस्स्सा चाहिन्छ भन्नुहुन्छ,” खड्काले भने, “सभापतिका विषयमा आउने यस्ता समाचारले के सन्देश दिन्छ ?”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu