ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन


एबीसी न्यूज
९ आश्विन २०८०, मंगलबार   १० : ५४   बजे

काठमाडौं, ७ असोज। नेपालले ताइवानी पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारेको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको प्रतिनिधिमण्डले शीर्ष चिनियाँ नेतृत्वसँग गरेको दुईपक्षीय वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपाल ताइवानको पृथकतावादी गतिविधि विरुद्ध रहेको प्रष्ट पारिएको छ ।

नेपालले एक चीन नीतिप्रति पुनः दृढ प्रतिवद्धता जनाउँदै ताइवानको स्वतन्त्रताको पक्षमा हुने कुनै पनि गतिविधिको विरुद्धमा रहेको प्रष्ट पारेको हो ।

नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेशमन्त्रालयद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपाली पक्षले एक चीन सिद्धान्तप्रति दृढ प्रतिबद्धता दोहोर्‍याएको छ। चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने मान्यता राख्दै नेपाली पक्ष ताइवानको स्वतन्त्रताको विरुद्धमा छ ।’

नेपालले तिब्बत मामिला पनि चीनको आन्तरिक मामिला भएको प्रष्ट पारेको छ । ‘नेपालको भूमिमा चीन विरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने कुरा नेपालले दोहोर्याएको छ’, विज्ञप्तिमा भनिएको छ ।

चीनले मित्रता, इमानदारी, पारस्परिक लाभ र समावेशीताको सिद्धान्त र छिमेकीमा मित्रता र साझेदारी कायम गर्ने नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ ।

“चीनले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई कायम राख्न दृढताका साथ समर्थन गर्दछ र नेपालको स्वतन्त्र छनोटको सामाजिक व्यवस्था र राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्गको सम्मान र समर्थन गर्दछ,” संयुक्त विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group