ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुन्डागर्दीले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर, सुरक्षाकर्मीको भूमिका शंकास्पद : चिकित्सक संघ


एबीसी न्यूज
९ आश्विन २०८०, मंगलबार   ४ : ३६   बजे

काठमाडौं, ९ असोज । देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा। सन्जिब तिवारीले आक्रमण तथा अस्पताल तोडफोड गरिएका घटनाले आफूहरू स्तब्ध भएको जनाएका छन् ।

“देशका विभिन्न पछिल्ला घटनाक्रमहरू जस्तै– हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल चितवन, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्‍याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,” विज्ञप्तिमा उल्लेख छ, “चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रूपमा गरिएका सांघातिक आक्रमणप्रति यस संघ घोर भर्त्सना र निन्दा गर्दछ ।”

चिकित्सकमाथि आक्रमण र स्वास्थ्य संस्थामा ‘अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुन्डागर्दी’ले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको विज्ञप्तिमा जनाइएको छ ।

“हेटौँडामा घटेको घटनालाई लिएर गत हप्ता सरकारसमक्ष गरिएको सम्झौताको हप्ता दिन पनि नहुँदै देशका विभिन्न स्थानमा चिकित्सकहरूलाई लक्षित गरी सांघातिक आक्रमण गरेर गम्भीर घाइते बनाइनु तथा स्वास्थ्य संस्थामा अत्यन्तै अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुन्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याएको छ,” विज्ञप्तिमा उल्लेख छ ।

आक्रमणमा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाही गरिनुपर्ने संघको माग छ । सुरक्षाकर्मीको भूमिका समेत शंकास्पद रहेको संघले आरोप लगाएको छ ।

“यसप्रकारका सांघातिक आक्रमणमा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र पहिलो संशोधन ऐन, २०७९ बमोजिम कानुनी कारबाही नगरिनु, सुरक्षाकर्मीहरूको भूमिका शंकास्पद हुनु तथा समग्र स्वास्थ्यकर्मीहरू अत्यन्तै असुरक्षित र भयभित भइरहेको विद्यमान अवस्थामा नियमित स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने वातावरण नभएको व्यहोरा सबैलाई विदितै छ,” विज्ञप्तिमा भनिएको छ ।

पोखरामा चिकित्सकमाथि लाठीचार्ज र हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको संघले जनाएको छ ।

“पोखरामा चिकित्सकमाथि भएको लाठीचार्ज तथा चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “त्यसैले अविलम्ब दोषीहरूलाई कानुनी दायरामा ल्याई चिकित्सकीय सेवामा संलग्न जनशक्तिको सुरक्षा र कानुनी राज्य छ भन्ने प्रत्याभूति दिलाउने कार्यमा राज्य संवेदनशील नभएकोले हालै देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघ ऐक्यबद्धता जाहेर गर्दछ ।”

No description available.

 

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group