काठमाडौं, १०असोज । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले गौरवपूर्ण इतिहास बनाएका छन् ।
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।
कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी–२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले ९ बलमै अर्धशतक पुरा गरे ।
भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्