ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ असोजमा एमसीसी प्रमुख अलब्राइट नेपाल आउँदै :


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   १ : २१   बजे

काठमाडौं, १० असोज । अमेरिकाको वैदेशिक सहयोग एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की प्रमुख कार्यकारी अधिकृत एलीस पी। अलब्राइट नेपाल आउने भएकी छन्। उनी यही असोज १४ गते देखि ५ दिने नेपाल भ्रमणमा आउँदै छिन्।

गत भदौ १३ गते एमसीसी कार्यान्वयनको औपचारिक सुरुवात भएको ठिक एक महिनापछि अलब्राइटको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो।

अलब्राइट नेतृत्वको एमसीसीको प्रतिनिधिमण्डल असोज १४ गते पौने पाँच बजे कतार हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ। असोज १८ गते दिउँसो सो टोली कतार हुँदै अमेरिका फर्कने छ।

नेपालमा रहँदा अलब्राइटले एमसीसीमा भएका प्रगति र समस्याहरुको बारेमा ब्रिफिङ लिने तथा एमसीसी परियोजनाको केही फिल्ड अवलोकन पनि गर्ने कार्यक्रम तय भएको छ।

‘अमेरिकी टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउदसहितका नेपाली अधिकारीहरुलाई भेटघाट गरी एमसीसी कार्यान्वयनमा जान देखिएका समस्या समाधान गर्न छलफल गर्ने छन्,’ एमसीए नेपालका एक अधिकारीले नेपालखबरसँग बताए।

सरकारी अधिकारीका अतिरिक्त एमसीसीको टोलीले प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि समयमै एमसीसीको कार्यान्वयनका सम्बन्धमा छलफल गर्ने छ।

अलब्राइटको स्वागतका लागि असोज १७ गते एमसीए नेपालले एक भोज आयोजना गरेको छ।

एमसीसीको रणनीतिक नेतृत्व गर्दै आएकी अलब्राइटसँग ० वर्षभन्दा बढी समय गैर–लाभकारी र सरकारी स्तरमा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेको अनुभव छ। अलब्राइटको भ्रमणपछि नेपालमा एमसीसीको कार्यान्वयनमा देखिएका केही प्राविधिक तथा अन्य समस्या हल हुने ठानिएको छ।

अलब्राइटले गत भदौमै नेपाल भ्रमण गर्ने तयारी भएको थियो। त्यतिबेला स्थगित भ्रमण अहिले हुन लागेको एमसीए नेपालका अधिकारीको भनाइ छ।

एमसीसी कार्यान्वयन हुनु अघिदेखि नै अमेरिकी अधिकारीहरुको तारन्तार नेपाल भ्रमण भइरहेको छ। एमसीसी कार्यान्वयनको समयमा उपाध्यक्ष क्यामरन एस। अलफोर्डले तीन दिने भ्रमण गरेकी थिइन्।

एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै काठमाडौं आएकी थिएन।

क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो साता नेपाल आएका थिए। त्यसैगरी एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गत जुलाई १४ मा नेपाल आएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group