ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्यवाहक प्रधानमन्त्री खड्का : प्रधानमन्त्रीले चीनसँग गरेका सहमतिमा गठबन्धनको साथ छ,


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   १ : २६   बजे

काठमाडौं, १० असोज । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको बताएका छन्।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको बताएका हुन्।

बेल्ट एन्ड रोड बीआरआई मा सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले चीनसँग सहमति जनाएको जानकारी उनले दिए।

‘चीनसँग भएका सहमति र सम्झौताहरु देशको हितमा छन्,’ खड्काले भने, ‘चीनसँग भएका सबै सहमतिमा गठबन्धनमा रहेका दलहरुको सहमति छ। हामी सबैको सहमति प्रधानमन्त्रीले चीनसँग ती सहमति र सम्झौता गर्नुभएको हो।’

अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने।

संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको बताउँदै उनले निजामति कर्मचारी ऐन र संघीय प्रहरी ऐन संसदमा दर्ता गर्ने तयारीमा सरकार रहेको पनि जानकारी दिए।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ छ,’ खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामति र प्रहरी ऐन तयारी गरेर संसदमा दर्ता गर्ने तयारी गरिरहेका छन्।’

संघीय सरकारले कानुन नबनाउँदा नागरिकले प्रत्यक्ष रुपमा संघीयताको अनुभूति गर्न नपाएको उनको भनाई थियो।

उनले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरेर काम गरिरहेको दावी पनि गरे। ‘हामी केही दिनभित्रै सुशासन सम्बन्धि कार्यक्रम घोषणा गर्ने तयारीमा छौँ,’ उनले भने।

विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनहरुलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको जानकारी पनि उनले दिए।

‘सडकलगायतका पूर्वाधार बनाउन वनको जग्गा उपभोगमा ठूलो समस्या देखिएको छ,’ खड्काले भने, ‘त्यसलाई हटाउनका लागि केही नेपाल ऐन संशोधनलाई संशोधन गर्ने प्रक्रिया सरकारले अघि बढाइसकेको छ।’

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा पनि जोड दिए। प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाई थियो।

‘अहिलेको विमानस्थल बढीमा चार सय मिटर विस्तार गर्न मिल्छ। भविश्यका लागि यो विमानस्थलले भार थेग्न सक्दैन्,’ उनले भने, ‘अहिलेलाई सुर्खेत विमानस्थल विस्तार गर्दै रामघाटमा भविश्यका लागि ठूलो विमानस्थल निर्माण गर्नु आवश्यक छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group