ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काेसी प्रदेशसभामा एमालेबाहेकले संसदीय दललाई पूर्णता दिएनन्, माओवादीमा दलका नेतामात्र चयन


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   १ : ५६   बजे

काठमाडौं, १० असोज । कोसी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी एमाले बाहेकले संसदीय दलको कार्यसमितिलाई अझै पूर्णता दिएका छैनन् । प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद २३ मा दलको कार्यालय र त्यससम्बन्धी व्यवस्था छ । यसअनुरुप दलले आफ्नो सदस्यहरूको विवरण सभालाई उपलब्ध गराउनु पर्छ । दललाई आफ्नो छुट्टै विधानसमेत निर्माण गर्ने अधिकार छ ।

हाल कोसी प्रदेशसभामा ६ वटा दल छन् । तीमध्ये एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसमेत चयन गरी कार्यसमितिलाई पूर्णता दिएको छ । सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता हिक्मत कार्की छन् । अहिले उनले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । एमाले उपनेता रामबहादुर मगर, प्रमुख सचेतक रेवतिरमण भण्डारी र सचेतक कमला दर्नाल छिन् । दर्नाललाई संसदीय दलले आइतबार सचेतक नियुक्त गरेको हो ।

यसअघि सो जिम्मेवारीमा रहेकी सिर्जना राई प्रदेशको सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । राईको स्थानमा एमालेले तेह्रथुमकी सांसद दर्नाललाई सचेतक नियुक्त गरेको हो । प्रमुख सचेतक भण्डारीले भने, “हामीले सबैभन्दा पहिले पदाधिकारी चयनदेखि दललाई पूर्णता दिने काम गरेका हौं ।” कोसी प्रदेशसभामा सभामुखसहित एमालेका ४० सांसद छन् ।

सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २९ सांसद छन् । कांग्रेसले भने संसदीय दललाई पूर्णता दिइसकेको छैन । संसदीय दलको नेता उद्धव थापा, उपनेता हिमाल कार्की र प्रमुख सचेतक भुपेन्द्र राई छन् । कांग्रेसले सचेतक भने चयन गर्न बाँकी छ । प्रमुख सचेतक राईले चाँडै नै पूर्णता दिने तयारी रहेको सुनाए ।

तेस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दलको नेताबाहेक अरु पदाधिकारी चयन गरेको छैन । माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो छन् । माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले आफ्नो पार्टीले दलमा पदाधिकारी चयन गर्न बाँकी रहेको बताउँदै भने, “अहिले सबै निर्णय र दलको प्रतिनिधित्व दलका नेताले नै गर्दै आउनु भएको छ । हामीले दललाई पूर्णता दिन आग्रह गरिरहेका छौं ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । उपेनता र सचेतक चयन गर्न बाँकी छ । राप्रपा सांसद सविना बजगाईंले भनिन्, “बाँकी पदाधिकारी चयन गर्ने विषयमा दलको बैठकमा पनि छलफल अघि बढेको छैन ।” प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । दलको नेता भक्तिप्रसाद सिटौला र प्रमुख सचेतक अमरबहादुर विष्ट छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दलको नेताको जिम्मेवारीमा राजेन्द्र राई छन् । सभामा ४ सांसद रहेको समाजवादीले पदाधिकारी चयन गर्नेबारे थप केही छलफल नगरेको सांसद विद्या चाम्लिङले बताइन् ।

कोसी प्रदेशसभामा एक जनामात्र सांसद रहेको जनता समाजवादी पार्टी ९जसपा०मा निर्मला तावा लिम्बू दलको नेता छिन् । कोसी प्रदेशसभा ९३ सदस्यीय छ । सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि सभामुख चयन गर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu