ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मीमाथि लगातार कुटपिट– सडकमा निस्किएर मागे गृह र स्वास्थ्य मन्त्रीको राजीनामा


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   २ : २८   बजे

काठमाडौं, १० असोज । ‘गृह मन्त्री राजीनामा दे’, ‘स्वास्थ्य मन्त्री राजीनामा दे’ ‘दोषीमाथि राजनीतिक संरक्षण बन्द गर’, ‘स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर’, ‘विदेश पलायन हुन बाध्य नपार’, ‘हजुरको आसु हामीले हर्ने हो हाम्रो आसु कसले हेर्ने हो’, ‘तपाईंलाई विदेशी महंगा अस्पताल होला आम जनतालाई हामी नै हो’, ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘कामेको हातले उपचार सम्भव छैन’, ‘सेतो कोट रातो भए समाज नै कालो हुन्छ ।’

यी नारा कुनै कलेजका विद्यार्थीले लगाएका होइनन् । यी त आफ्नो सुरक्षाको माग गर्दै सडकमा निस्किएका चिकित्सकले माइतीघरमा उभिएर लगाएका नारा हुन् ।

अस्पतालमा पुगेर बिरामी परीक्षण गर्नुपर्ने समयमा चिकित्सकहरु बुधबार पनि सडकमा उत्रिएर यसैगरी नारा लगाए । माइतीघरमा नारा लगाएर उनीहरु नेपाल मेडिकल एशोसियसनका कार्यालयमा ताला लगाउन जाने कार्यक्रम उनीहरुले तय गरेका थिए ।

तर वार्ताको आश्वासन पाएपछि उनीहरु पछि हटे ।

आफुहरुमाथि पटक पटक आक्रमण हुँदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृह मन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै सडकमा उत्रिनुपरेको बताएका छन् ।

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ ।

“हामीले चाँडोभन्दा चाँडो सरकारले वार्तामा बोलाओस् भन्ने चाहन्छौँ,” राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा। सन्दीप उखडले भने ।

सरकारले वार्ताको तयारी गरेकाले पनि आफूहरु तालाबन्दीमा नपुगेको एक चिकित्सकले बताएका छन् ।

“अहिले चिकित्सकले पिटाइ खाएर उपचार गर्नुपरेको छ । न्यायको लागि हामी सडकमा उत्रिएका हौँ,” उनले भने, “ चिकित्सक कुट्दैमा समस्याको समाधान हुँदैन । लापरवाही भएको रहेछ भने कारवाही गर्ने निकाय नै छन् । हामी चिकित्सकले ज्ञान र सिप प्रयोग गर्ने हो । लापरवाहीको अर्थ के हो रु”

आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आफूहरुलाई कुटेर पैसाको बार्गेनिङ गर्ने समूह बढेकाले अहिले समस्या भएको बताए ।

कहाँ कहाँ कुटिए चिकित्सक ?

चिकित्सक कुटिएका घटना पछिल्ला दिनमा बढ्दै गएका छन् । साउन २२ गते हेटौंडाको सञ्चो अस्पतालमा भर्ना भएका बिरामीलाई भोलिपल्ट चितवन रेफर गरियो । उपचारका क्रममा साउन २५ गते बिरामीको उपचारका क्रममा मृत्यु भयो । तर सञ्चो अस्पतालका दुई चिकित्सक डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि आक्रमण भयो ।

सोही घटनालाई लिएर दुई चिकित्सकले अनाहकमा कुटाइ खानुपरेको चिकित्सकको भनाई छ ।

असोज ७ गते लम्जुङमा बेसीसहर ७ का वडाध्यक्षले नै नर्सिङ कक्षमै डा। सन्दीप अधिकारीमाथि हातपात गरे ।

पोखराको मणिपाल अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल पुगेर डा। अनिल शाहमाथि हातपात गरेका थिए ।

कुटपिटबाट शाह घाइते भएको अस्पतालले जनाएको छ ।

मणिपाल अस्पताल पुगेका प्रहरीले पनि चिकित्सकमाथि हातपात गरेको आरोप छ । प्रहरीले चिकित्सकमाथि लाठी बर्साएका थिए । त्यहाँको सीसीटीभी फुटेज कास्कीका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रहरी इन्स्पेक्टरले नै चिकित्सकमाथि लाठी प्रहार गरेर आएको भन्ने भिडियो नै सार्वजनिक भएको भन्दै चिकित्सकहरुले उनीमाथि पनि कारबाहीको माग गरेका छन् ।

क्षतिपूर्ति नदिएमा फेरि चिकित्सकमाथि आक्रमण हुने चेतावनी आइरहेको हुनाले चिकित्सक त्रासमा रहेको मणिपाल अस्पतालका एक सञ्चालकले बताए ।

तोडफोड र कुटपिट कम गर्न के गर्ने ?

डा। रामेश कोइरालाले सामाजिक सञ्जालमार्फत् सातबुँदामा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोडका घटना कम गर्न सात वटा बुँदामा सुझाव दिएका छन् ,।

उनका अनुसार उपचारमा कैफियत देखिनासाथ उजुरी दिने समूहलाई पीडित भन्न छाड्नुपर्ने बताउँछन् ।

 

F67-5GEW0AA-oMm-1695803820.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group