ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्‍ने चिकित्सकहरूको चेतावनी


एबीसी न्यूज
१० आश्विन २०८०, बुधबार   २ : ३५   बजे

काठमाडौं, १० असोज । पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरुले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर विरोध जनाएका हुन् ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्ब कार्यान्वयनको माग राखेका छन् । विरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए ।

सरकारले दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने उनले बताए । दोषीलाई संरक्षण गर्न नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने उनको भनाइ छ ।

‘सहमति धेरै भइसक्यो, एक्सन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौं । नत्र सकेनौं भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौं । यो राज्यको कमजोरी हो, कानुनीराज्य भएको भए घटना भएलगत्तै पक्राउ परी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ,’ आन्दोलनरत चिकित्सक घिमिरेले भने ।

विदेश पलायन हुन बाध्य नपारु, ुहामी स्वास्थ्यकर्मी एक हौुं, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने रुु, असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ?  कामेको हातले उपचार सम्भव छैनु लगायतका नारासहित आन्दोलित चिकित्सकहरुले प्लेकार्डसमेत प्रदर्शन गर्दै नाराबाजी गरिरहेका छन् ।

एक दिनअघि मात्रै मंगलबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने चिकित्सकमाथि आक्रमण गरेका व्यक्तिहरूलाई मुद्दा चलाउन प्रशरी प्रशासनलाई निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu