ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो


एबीसी न्यूज
१२ आश्विन २०८०, शुक्रबार   ४ : २५   बजे

काठमाडौं, १२ असोज ।   एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलको समर्थनमा बनेको सरकारलाई अपराधी र तस्करलाई संरक्षण गर्ने सरकार भएको आरोप लगाएका छन् । पार्टीको पहिलो प्रदेश महाधिवेशनलाई सम्बोधनका लागि शुक्रबार विराटनगर आइपुगेका अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

‘गठबन्धन सरकार अपराधी, तस्करको संरक्षकको रुपमा देखिएको र यसले नेपाली जनता र राष्ट्रलाई केही पनि हुन सकेन,’ उनले भने, ‘त्यसैले यो सरकार रहनु देशका लागि दुर्भाग्य हो ।’

अध्यक्ष ओलीले सरकारमा जाने एमालेको चाहना नभएको र अहिलेको सरकारको उपयुक्त विकल्प पनि नदेखिएको बताएका हुन् । ‘देशका प्रमुख पार्टी जिम्मेवार हुँदा अहिलेको सरकारको विकल्प हुन थियो तर त्यो तहमा सोच्ने क्षमता कांग्रेसमा नदेखिएकोले मिसन २०८४ मा लागेको छु,’ उनले भने, ‘एमाले र कांग्रेसको सरकार निर्माणका लागि सोच्ने तहमा कांग्रेस नभएको र कांग्रेसमा देशप्रतिको चिन्ता र कांग्रेसभित्र भइरहेको कुरामा गम्भीरता देखिएको छैन । त्यसैले कांग्रेससँग मिलेर सरकार बनाउने र नबनाउने कुरा नै हुँदैन किनकी कांग्रेस अहिले बेग्लै संसारमा छ ।’

अध्यक्ष ओलीले पार्टीको प्रदेश महाधिवेशनमा सके सहमति गर्नु र नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई निर्देशन दिएको बताएका छन् । तर सञ्चार क्षेत्रले अहिले आफूले भनेको कार्यकर्ताले मानेनन् भन्ने जबर्जस्ती सन्देश दिन खोजेको आरोप समेत लगाए ।

कोशी प्रदेश महाधिवेशनका लागि ९९७ प्रतिनिधि विराटनगर आइपुगेका छन् । प्रदेश कार्यसमितिले ५० जना प्रतिनिधि मनोनित गर्न पाउने विषय विवादित रहेको छ । मनोनित भए प्रतिनिधिको संख्या १ हजार ४७ पुग्ने छ । महाधिवेशनमा मोरङको लेटाङ नगरपालिकाका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल मुख्य प्रतिस्पर्धी देखिएका हुन् । खतिवडालाई अध्यक्ष ओली पक्षधरको र ढकाललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरको साथ छ ।

 

कोशी प्रदेशमा स्थिरता आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो । ‘परादेशिक हिसाबमा पनि अहिले मध्यावधिमा जानु हुँदैन, त्यो अवस्था छैन,’ उनले भने, ‘प्रदेशलाई मध्यावधितर्फ धकेल्ने कुरा बुद्धिमानीपूर्ण हुँदैन र धकेलियो भने पनि एमालेलाई बहुमत ल्याउने अवसर मिल्छ ।’

कोशी प्रदेशसभामा रहेको अंक गणितीय जटिलताले सर्वोच्चको परमादेशले संविधानको धारा १६८ को उपधारा ९३० अनुसार अल्पमतको एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । कार्कीलाई संविधानको उक्त धाराको उपधारा ९४० अनुसार असोज २० गतेभित्र विश्वासको मत लिनैपर्ने बाध्यात्मक अवस्था छ ।

तर उनले असार १५ गतेपनि प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेकोले सरकार ढलेको र अहिले पनि त्यही अवस्था रहेको छ । कोशी प्रदेशसभामा एमालेको सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४०, राप्रपाको ६ र गठबन्धन दलको ४७ प्रदेश सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group