काठमडौं १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको बताएका छन्।
साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको दाबी गरे।
‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ, ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, उनले भने, ‘चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छियाङसँग छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ।’
भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा विगतमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए।
प्रधानमन्त्री प्रचण्ड सवार एयर चाइनाको विमान शनिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ बजे अवतरण गरेको हो ।
प्रधानमन्त्री प्रचण्ड सेप्टेम्वर १६ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्वोधन गर्नेगरी अमेरिकाको न्युयोर्क गएका थिए ।
अमेरिकामा ६ दिन विताएका प्रचण्ड २१ सेप्टेप्मबरमा न्युयोर्कबाट चीनको हांगचाउ पुगेर १९ एशियाली खेलकुद समारोहमा सहभागी भएका थिए ।
२४ सेप्टेम्वरमा बेइजिंग पुगरे समकक्षी ली छ्यांगसँग दुई पक्षी वार्ता गरेका प्रचण्ड २६ सेप्टेम्वमा छोंगछिंग र २७ सेप्टेम्बरमा ल्हासा पुगेका थिए । २८ तारिखमा कैलाश पर्वत र मानसरोवर पुगेका उनी हिजो ल्हासा हुंदै छेन्दु पुगेका थिए ।
छेन्दुमा पाण्डा व्रिडिंग सेन्टरको अवलोकन गरेर शनिवार आज उनी स्वेदेश फर्केका हुन् । सम्भवत कुनै नेपाली प्रधानमन्त्री लगातार १५ दिन बाहिर बसेको रेकर्ड पनि प्रचण्डले नै बनाएका छन् ।
मेरो चीन भ्रमणले आपसी विश्वासास बढेको छ : प्रधानमन्त्री पढेको प्रेस नोट
प्रतिक्रिया दिनुहोस्