काठमाडौ १४ असोज । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आज बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो ।त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । निगमले गए राति पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्