काठमाडौ १५ असोज । सिरहाको मिर्चैयामा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
हिजो दिउँसो सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना ४ ख ७१८७ नम्बरको बस दुर्घटना भएको हो ।दुर्घटनामा बसका सहचालक धनुषाको जनकपुर उपमहानगरपालिका–२० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया–२ का ४० वर्षीय राजकुमार सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस चालक पक्राउ परेका छन् ।


















प्रतिक्रिया दिनुहोस्